काठमाडौ थापागाउं स्थित ओखरबोट मार्गमा सडक दुर्घटनामा परेर एकजना गम्भीर घाइते
काठमाडौ । आज विहान काठमाडौ महानगरपालिका वडा नं १० थापागाउं स्थित ओखरबोट मार्गको सडकमा एक परिवार बिहिन अविवाहित करिब ५०-५५ बर्षिय बनीबुतो गरेर गुजारा गरिखाने लक्ष्मण थापा आफु बस्ने सोही ठाउँमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन ।
विगत ३०-४० बर्षदेखि थापागाउं एरियामै बस्ने घाइते लक्ष्मण थापालाई बागमती प्रदेश ०२ ०३७ प ५०५७ नंबरको स्कुटरले दुर्घटना गराएको छ । हाल घाइते लक्ष्मण थापालाई सिभिल हस्पिटलको इमर्जेन्सीमा लगिएको छ । तर हस्पिटलले उपचार गर्न मानिरहेको छैन ।
घाईतेको कानबाट अविरल रक्तस्राव भैईरहेको छ । घाइतेको उपचारमा सहयोग पुर्याउन सरोकारवाला सबैमा अनुरोध छ ।