लक्ष्मी महिला सहकारीले ८ प्रतिशत ब्याजदरमा नै ऋण लगानी गर्ने

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सस्तो ब्याजदरमा सदस्यलाई ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्य पुनरउत्थान ऋण ८ प्रतिशतमा लगानी गर्ने जनाएको छ । सदस्यहरुलाई सो ऋण बढीम १० लाखसम्म लगानी गर्ने भएको छ । संस्थामा सदस्य भै ३ महिना पुरा भएको र सक्रिय रुपमा मासिक बचत गरेका सदस्यहरुलाई उक्त ऋण दिइने छ । परियोजना संञ्चालन गर्न सक्ने योग्य सदस्यले आफुले गर्ने परियोजना संस्थामा उल्लेख गरि सोहि अनुसार संस्थाको शर्त तथा नियम अनुसार संस्थाले ऋण लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले बताए ।

रायमाझीका अनुसार सदस्यले आफु अनुकुल हुने र आफै सहभागी भै गर्ने कार्यको लागी संस्थाले जनसुकै समय साथ सहयोग गर्ने उनले बताए । संस्थाले यस अघि पनि कृषि तथा उद्यम गर्ने सदस्यहरुलाई सहुलियत ऋण सुविधा ल्याएको थियो । ३ हजार २ सय सेयर सदस्य रहेको उक्त संस्थाले ३० करोडको हारहारीमा कुल सम्पत्ति पुन्याएको छ । विशेषत महिलाहरुलाई सदस्य बनाएर उनीहरुको आर्थिक सामाजिक तथा नेतृत्व विकासमा संस्थाले उल्लेख भूमिका खोलेको छ । नीति ,विधि र प्रविधिमा आधारित भई संस्थाले समुदाय केन्द्रीत वित्तीय कारोबार गर्दै आएको जनाएको छ । संस्थाको समग्र वित्तीय सुचाङ्ककहरु बलियो रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *