शुभकामना साकोस र नेपाल रेडक्रस सोसाइटी भक्तपुरबिच सम्झौता

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुने आकस्मिक रक्त संकलन कक्ष निर्माण गर्दा लागेको खर्चमा ७५ प्रतिशत शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट व्यहोर्ने र बाँकी २५ प्रतिशत नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले व्यहोर्ने र उक्त संकलन केन्द्रमा रक्तदान गर्न आउने रक्तदाताहरुको लागि रिफ्रेस्मेन्ट बापत मासिक खर्च व्यहोर्ने सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको तर्फबाट सभापति परशुराम पाण्डे र शुभकामना साकोसको तफबाट अध्यक्ष रामप्रसाद कासुलाले हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरीयो ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, चाँगुनारायण न.पा २ का वडा अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सदस्य एवं रक्त संचार केन्द्र संयोजक सोम प्रधान र शुभकामना साकोसको तर्फबाट प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, सचिव पुष्पलाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्य, संचालक नारायण बहादुर बासुकला र प्रबन्धक रेश्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *