गीतामा शिववचनको तत्व र यशुको सन्देश–१ःमहिमा

“जसले ईश्वरलाई दोश्रो स्थान दिन्छ त्यसले ईश्वरलाई कुनै स्थान दिन सक्दैन”(रस्किन) । परमात्माको स्थान निश्चय गरिएको छ उच्च स्थानमा–प्रथम स्थानमा । जसको मनमा कुनै कपट हुन्न त्यस्तो स्थानमा,भारतीय भक्तिकालका सन्त कवि भन्नु हुन्छ–“मन चङ्गा तो कठौती मेँ गङ्गा !……,भगवान त्यसको हृदयमा निवास गर्नुहुन्छ जसको मनमा कसैप्रति पनि शत्रुताको भावना हुँदैन,न कुनै लोभ लालच या विरोधी भावना नै हुन्छ ”(सन्त रैदास–रविदास,भारत) । “ईश्वरः परमः कृष्णः सच्चिदानन्दविग्रहः । अनादिरादिर्गोविन्दः सर्वकारणकारणम्–गोविन्दको नामबाट विख्यात श्रीकृष्ण नै परम ईश्वर–परमेश्वर तथा सच्चिदानन्द हुनुहुन्छ,उहाँको रूप र सुन्दरतालाई वर्णन गर्न सकिदैन । उहाँ नै सबैको आदि पुरुष र उहाँको आदि कोही छैन । गोविन्द नै समस्त कारणहरुको कारण हुनुहुन्छ ।।१।।”(श्रीब्रह्मसंहिता ।।५.१।।) । ,“वेणुं(म्) क्वणान्तम्रविन्ददलायताक्षं(म्),बर्हावतं(म्)समसिताम्बुधुसुंदरांगम् । कन्दर्प कोटिकमनीय–विशेषशोभं(म् )गोविन्दमादिपुरुषं(म्) तमहं(म्) भजामि ।।–मुरली–वंशी–बेणु बजाउन जो दक्ष हुनुहुन्छ,कमलको फूलको पत्रहरुजस्तै जसका प्रफुल्ल नेत्रछन्,जसको शिर मयूरको प्वाँखले सुशोभित भएको छ ,जसको अङ्ग निलो वादल जस्तो सुन्दर छ ,जसको विशेष शोभा करोडौँ कामदेवलाई पनि लोभ लाग्दो छ ,उहाँ आदित्य भगवान गोविन्दको म भजन गर्दछु ।।३०।।”(श्रीब्रह्मसंहिता ।।५३०।। “एकता र जनकल्याणको लागि–न्याय र पीडि़तको लागि कृष्ण–क्राइष्ट के–सी–रिष ९प–अ–चष्कज० दुबैले आवाज बुलन्द गरेकै थिए । हामी नेपालीले मिलेरै चाड पर्व मनाउनु पर्छ । कृष्ण र क्राइष्टलाई मान्नेहरु स्वार्थको खातिर न त देशमा उत्ताउलो ब्यबहार देखाऊछँन न त कसैको दाश नै हौँ जस्तो गर्छन–नव उदारबाद हावी भएपछि यी दुबै महान आदर्शबादीका बिचार तथा नीतिलाई स्वार्थको खातिर तिलाञ्जली !! “डराउनुहोस त्यो समय देखि,ए ! साहित्य लेख्नेहरू,ए ! यसम्यानहरू,ए ! शिल्पकारहरू, डरमान्नु होश,अब आउने समयलाई सकिन्छ भने रोक्नुहोश”(कतील शिफााई (कतील शिफाई । सम्पादक प्रकाश पण्डित,नयाँ संस्करण सह–सम्पादक सुरेश सलिल । राजपाल एण्ड सन्स–भारत बिभाजन अघी लाहौर पछि दिल्ली) । यशुको जन्म दिन क्रिशमस र कृष्णको जन्म दिन कृष्ण अष्टमी तथा शिवकोे रात्री शिवरात्रि पर्वको सबै नेपाली तथा विश्व जनमनलाई शुभकामना दिन हिचकिचाउनु पर्दैन ”(जगदीशराज बराल । सामाजिक सञ्जालको भित्ताबाट । ०९ पुष बि.सं.२०८०) ।
भगवान श्री कृष्णले महाभारत युगमा देखिएको मानवीय–सत्तापरस्त राजनीति–सामाजिक परिवर्तन–रणनीतिक साझेदारहरुको शक्ति पूजाको नियत आदिलाई आत्मसात गरेर कलियुगको प्रक्षेपण गर्नु भएको थियो । श्री मदभगवद्गीता को ७ औँ अध्यायको श्लोक १३ मा “सात्विक,राजस र तमस तीनवटै गुणहरुको कार्यरुप भावहरुवाट यो सम्पूर्ण संसार मोहित भै रहेको छ । जवसम्म अंशमात्र पनि यी गुणहरुको आवरण विधमान छ,तवसम्म कोही मलाई जान्दैनन्–म यी तीनवटै गुणहरुबाट पर–टाढा छु” भन्दै “आशुरी स्वभावलाई धारण गरेको,मानिसहरुमा अधम,काम,क्रोध,आदि दुष्कृतिहरु गर्नेगरेका मूढ मानिसहरु मलाई मान्दैनन्(७।१५ गीता) भनेर पार्थ अर्जुनलाई सम्झाउदै गर्दा “मानव नै यथार्थ निश्चय गर्ने भएकाले तपाईँ मानव हुनुहुन्छ भनेँ भजन तपाईँ पनि गर्नसक्नु हुन्छ । यदी अत्यन्त दुराचारी पनि अनन्य–अन्य न भावले मेरो बाहेक कुनै अरु वस्तु वा देवतालाई नभजेर मात्र मलाई नै निरन्तर भज्दछन् भने त्यो साधु नै मानिने योग्य हुन्छ । दुराचारी पनि शीघ्र नै धर्मात्मा हुन जान्छ,परमधर्म परमात्मासँग संयुक्त हुनजान्छ एवं सधैँरहने परमशान्तिलाई प्राप्त गर्दछ”(९।३०–३१ । गीता) जस्ता उत्प्रेरणयुक्त मार्गदर्शन पनि गर्नु भएको छ । प्रभु यशु पनि भन्नु हुन्छ “यदी तिमि अरुको अहित चिताउने गर्दछौ भने उशलाई पनि तिम्रो अहित चिताउने कर्म नगर्न आदेश दिने अधिकार हुन्न” । “भद्रं(म्) कर्णेभि ःश्रृणुयाम देवा भद्रं पश्यृमाक्षभिर्यजत्राः । स्थिरैरङ्गैस्तुष्टुवांसस्तनूभिव्र्यशेम देवहितं(म्) यदायुः ।।–हामी आफ्नो कानहरुले राम्रो कुराहरु सुनौँ,आँखाहरुले शुभ दर्शन मात्र गरौँ,आफ्ना सुदृढ–स्वस्थ र सवल अङ्गहरुबासेवा भावले जन कल्याणमा जीवनलाई समर्पण गरौँ”(ऋग्वेद) भनेर बुद्धियोग रुपी निष्काम कर्म–नियत कर्मको आचरण गर्न हामीलाई भगवान कृष्णले भन्नु भए झैँ मानव हुन प्रेरित गरेको छ । भगवान बुद्धले पनि नराम्रो नसुन्नु–नराम्रो नबोल्नु–नराम्रो नहेर्नु भनेर खवरदारी गर्नु भएको छ (जसलाई भारतमा गान्धीका बाँदर भनेर प्रतिक बनाईपनि बास्तवमा ती बुद्धका वचनका प्रतिक हुन जुन गान्धी जन्मनु भन्दा सयौँ बर्ष पहिले जापानबाट आफ्नो देशमा आउने यात्रीहरुलाई बाँदरका यी प्रतिक उपहार दिने गरिन्थ्यो भनेर भारतका बौद्धमार्गी बिद्वानहरु भन्दछन) । यशुको त लोककल्याणको लागि सन्देश नै छन् । कृष्ण जस्तै प्रभु यशुले पनि एक ईश्वर–परमात्मालाई भक्ति गर भन्नुुन्छ । परम तत्व परमात्मा को हो त ? वैदिक सनातन धर्ममा हिन्दु सम्प्रदाय भित्र उपसम्प्रदाय र त्यसभित्र पनि अनेक मार्गीहरु छन् । आफ्ना मार्गीका उच्च देवता नै परमात्मा हुन भन्ने विश्वास गर्छन । परमात्मा को हो त ? वेदान्तेषु यमाहुरेकपुरुषं व्याप्य स्तिं(म्) रोदसी,यस्मिन्नीश्वर इत्यनन्यविषय ःशब्दो यथार्थाक्षरः । अन्तर्यश्च मुमुक्षभिर्नियमितप्राणदिभिर्मृग्यते,स स्थाणुःस्थिरभक्तियोगसुलभो निःश्रेयसायास्तु वः ।। –वेदान्तग्रन्थहरुमा जसलाई एकमात्र परम पुरुष भनिएको छ ,जसले समस्त अन्तरिक्ष र पृथिवीलाई अन्तर्बाहृ्य–सर्वत्र व्याप्त गरेर राख्नु भएको छ । यसलाई गहिरिएर विश्लेषण गर्दा एकमात्र महादेवको लागि ‘ईश्वर’शव्द महादेव–परमात्माप्रभु शिवको लागि अक्षरशःयथार्थरुपमा प्रयुक्त हुन्छ(विक्रमोर्वशीयम् १।१) भनेर पनि व्याख्या गरिएको छ । ओम शान्तीले पनि ई.सं.२०२४ मा विश्व धार्मिक बहश गरेकोमा कृष्ण नै प्रभु–विभु–विज्ञानानन्दघन महेश्वर–महादेवको रुपमा देखा पर्नु भएको भनेर बहश चलेको थियो । गीतालाई नै आधार मानेर केही गूरुहरुले तर्क गर्नु भएको थियो–“बहूनिन मे व्यतीतानी तव चार्जुन । तान्यहं वेद सर्वाणि न त्वंm वेत्थ परन्तप ।।–हे अर्जुन !मेरा र तिम्रा बहुतै जन्म भइसके छ । तर,हे परन्तप ! ती सबैलाई तिमि जान्दैनौ म ता ती सबै राम्ररी जान्दछु । साधकले जान्दैन,स्वरुपस्थ महापुरुष जान्दछ,अव्यक्तको स्थितिवाला जान्दछ”(४।५ गीता) । “मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना । मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः ।।–म सच्चिदानन्दघन परमात्माले,मेरो अव्यक्त स्वरुपलेयो सबै जगत् परिपूर्ण ढाकिएको छ । म जुन स्वरुपमा स्थित छु त्यो सर्वत्र व्याप्त छ । अरु सबै भूत मेरै सङ्कल्पको आधारमा स्थित छन्,म तिनमा स्थित छैन–वस्तुतः सवै भूत पनि ममा स्थित छैन,उनीहरु मरणधर्महुन प्रकृतिमा आश्रित छन्)”(९।४ गीता) । “अवजानन्ति मां मूढा मानुषिं तनुमाश्रितम् । परं भावमजानन्तो मम भूतमहेश्वरम ।।–सम्पूर्ण भूतहरुमा महान ईश्वररुप मेरो परमभावलाई नजान्ने मूढ मानिसहरु साधारण मनुष्यको शरीर धारण गर्ने म परमात्मालाई तुच्छ सम्झन्छन् । सम्पूर्ण प्राणीहरुको ईश्वरको पनि जो महान् ईश्वर हो,त्यस परमभावमा स्थित मलाई मानिसहरु जव दृष्टिपात गर्दछन्,तब मानिस भनेर सम्बोधन गर्छन, जे देखिन्छ त्यही भन्ने तिनीहरुको दोष पनि के छ र ? “सर्गाणमादिरन्तश्च मध्यं चैवाहमर्जुन । –हे अर्जुन ! सृष्टिको आदि,अन्त र मध्य पनि मै हुँ”(१०।३२ गीता) । परमात्मालाई पाउन अर्जुनलाई जस्तै दिव्य अलौकिक दृष्टि नै चाहिन्छ परमात्माले प्रदान गर्नु भएको । “न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा । –मेरो विराटरुप,पहिले नदेखेका आश्चर्यजनक रुपहरुमा हेर्न देख्न आफ्नो आँखाले चर्मचक्षुले अर्थात बौद्धिक दृष्टिद्वारा समर्थ हुने छैनौ अर्जुन !”(११।८ गीता) । जसले सृष्टि गरे उहाँ नै परमात्मा हुन–सजिलो लाग्छ यो उत्तर । तर,प्रकृति पूरषबाट नै सृष्टीको उत्पति भएको भनिने गर्दा महादेवको स्वरुप प्रकृतिको सवै परिस्थितिकीय प्रणालीको प्रतिक भएकाले श्रुति,स्मृति,पुराण,इतिहास आदिहरुमा विभिन्न ऋृषिहरुले अलग अलग विचार दिनु भएपनि जो भगवानका जुन नाम–रुपको उपाशक छन त्यसैअनूरुप विज्ञानानन्दघन परमात्मा मानेर ब्रह्मा,विष्णु,महेशको रुपमा मानेपनि यी रुपहरुको मूल रुप,मूल सिद्धान्त हेर्दा प्रकृति पूरष–शिवतत्व नै सृष्टीको उत्पति भनिने हुँदा‘सदाशिव’ नै मूल परमात्मा हुनु । “ब्रह्मा भूत्वासृजँल्लोकं(म्) विष्णुर्भूत्वाथ पालयन् । रुद्रो भूत्वाहरन्नंते गतिर्मेऽस्तु सदाशिव ः।।–जसले ब्रह्मा भएर समस्त लोकको सृष्टि गर्छन,विष्णु भएर सबैको पालन गर्छन् र अन्तमा रुद्र रुपले सबैको संहार गर्छन,उनै सदाशिव मेरो परमगति हुनुहुन्छ”(शैवागम) भनेर शिवका ११ रुप मध्ये तीन देवताहरुको एकै रुपमा समाहित सदाशिवलाई परमात्मा मान्न सकिन्छ । शिवको शम्भु रुपमा विष्णु,ब्रह्मा लगायत समस्त देवी देवताले आफुलाई समाहित गरेका छन् । “रुद्राणं शङ्करश्चामि…।– म एकादश रुद्रहरुमा शङ्काहरुबाट उपराम अवस्थाको ‘शङ्क अरः स शङ्कर’ हुँ”(१०।२३। गीता) । “सर्वस्य चाहं(म्) हृदि सन्निविष्टो…। –म नै सबै प्राणीहरुको हृदयमा अन्तर्यामीरुपले स्थित अर्थात बसेको छु”(१५।१५ गीता) ।

“ईश्वर ः सर्वभूतानां हृद्धेशेऽर्जुन तिष्ठति–अर्जुन ! ईश्वर त शरीर रुपी यन्त्रमा आरुढ भएका सम्पूर्ण भूत–प्राणीहरुको हृदय देशमा निवास गर्नुहुन्छ”(१८।६१ गीता) । “पिताहमस्य जगतो माता धाता पितामहः । वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुुरेव च ।।–यो सम्पूर्ण जगत्को सम्पूर्ण कर्मको फल दिने अर्थात धारण गर्ने माता,पालन गर्नो पिता,उत्पन्न गर्ने मूल उद्गम जसमा सबै प्रवेश पाउँछन पितामह मै हूँ । अरु जान्न योग्य पवित्र ओंकार ‘अहं आकारःइति ओंकार र ऋग्वेद–ऋक अर्थात सम्पूर्ण प्राथना,सामवेद–साम अर्थात समत्व दिनेवाला प्रक्रिया,यजुर्वेद–यजु अर्थात यजनको विधि विशेष पनि मै हूँ”(९।१७ गीता) । “प्रभु इश्वरले धरतीको माटोले मानिसको सृष्टि गर्नुभयो र उसको नाकभित्र प्राणवायु फुक्नु भयो,मानिस ज्यूँदो प्राणी भयो”(जिनिसस २.७ वाइवल),“हे प्रभु तिमिले नै सबै कुराको सृष्टि गरेका हौ । यो सबैको सृष्टि तिम्रै आनन्दको लागि भएको हो,सृष्टि उनको लिलामात्र,रचनात्मक खेलवाड हो”(रिभिलेसन ४.११ वाइवल) । हिन्दु सम्प्रदायको शास्त्र अनुशार सत्–तत् र ॐ भएजस्र्तै ‘बाइवलको वचनमा पिता–पुत्र र पवित्र आत्मा’(जोन १४ ः२६ बाइवल) को वर्णन गरिएको छ । “पवित्र चीजहरु कुकुरलाई नदेऊ,न मोतिहरु सुँगुरलाई देऊ किनभने तिनले आफ्नो खुट्टाले कुल्चेर,फोहर पारेर उल्टै फेरि तिमिलाई भुक्दै कराउँदै टोक्न लुछन जाईलाग्ने छन्”(म्याथ्यू ७ः६ बाइवल) । कृष्णले आफ्ना बंशलाई जन्म दिनु भयो–राज्य सत्ता देखि सबै थोक दिनुभयो तर,तिनीहरुले कृष्णको कदर गरेनन् । कृष्ण चूप लाग्नु भयो–रहस्य उजागर नगरेर । “परमात्माले आफुले गर्नु भएका सृष्टिका रहस्यहरुलाई जथाभावि ढङ्गले प्रकट गर्ने इच्छा गर्नु हुन्न”(ज्ञानवतार श्री श्री स्वामी श्री युक्तेश्वर गिरी । भारत) । वास्तवमा श्रीकृष्णको रहस्यपनि अदभूत नै छ । क्रमशः
(तस्वीर सौजन्यः सोसल मेडीया मिति २५ डिसेम्बर ई.सं.२०२३ देखि २ फरवरी ई.सं.२०२५ अधोभार गुगल–इन्टरनेटनेपाली समय बिहान ९.२४ बजे । तस्वीरहरुको कलात्मक संयोजन श्रम मावि काठमाण्डौ–७ का अंग्रेजी विषयका शिक्षक श्री अरुण भण्डारीबाट । )

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *