गीतामा शिववचनको तत्व र यशुको सन्देश–२: मातृभूमि सपुतहरुले नै बचाउँछन्
गीतामा शिववचनको तत्व र यशुको सन्देश–१: महिमा को क्रमशः
“मुझे याद आती भगवान राम की शबरी । मुझे याद आती है लाल लाल जलती हुई ढिबरी । मुझे याद आता है मेरा प्यारा प्यारा देश । लाल लाल सुनहला आवेश”(मुक्तिबोध,भारत) ।
बाइवलमा अब्राहमको प्रार्थना सुनेर प्रभु ईश्वरले भन्नु भएको थियो–‘कुनै पनि देश भौतिक उपलव्धीहरुले होइन आफ्ना महान पूरुषहरुका कारण बाँच्दछ’ । श्रीकृष्णको द्वारीका नष्ट भयो । “भगवानले आफैँ कशैको न्याय गर्नु हुन्न,त्यो काम उहाँले आफ्नो छोरालाई सुम्पिनु भएको छ”(जोन ५ः२२ बाइवल) भनिए झैँ भगवान परमात्माको छोराको रुपमा मानव अवतारमा प्रकट श्रीकृष्णको अन्तर्मनले महिमा बुझेपछि,उहाँको विराट स्वरुप देखेपछि अर्जुन श्रीकृष्णप्रति सम्पूर्ण हृदयले प्रेम गर्दै,सन्यासी(त्यागी,संस्कृत क्रिया धातुबाट निःसृत ‘अलग पार्नु) जस्तै उहाँप्रति समर्पण हुँदै श्रीकृष्णको आज्ञापालन गर्न तम्तयार हुनुभयो । “तिमी आफ्ना मालिक ईश्वरलाई सम्पूर्ण हृदयले–आत्माले–मनले–शक्तिले प्रेम गर्ने छौ । यो पहिलो आदेश हो”(मार्क १२ः३० बाइवल) । तर,श्रीकृष्णका बंशले सबै ध्वस्त बनाए,आज्ञा पालन गरेनन् । भागेर लुकेर द्वारिका छोडेर अन्यत्र जानेहरु नै अहिलेका विश्व हल्लाउने यहुदी हुन यदु–यादवबंशीहरु भनेर पनि चर्चा गरिएको छ । मूर्तिको स्थापना बुद्धको महानिर्वाण पछि भएको हो भन्ने चर्चा बहश पनि चलिरहेको पाइन्छ । जवकी बुद्ध आफैँ भगवान छैनन् भन्नु हुन्थ्यो । अहिले जसलाई अयोध्या भनिन्छ त्यहाँ उत्खनन हुँदा बुद्धका मूर्तिहरु भेटिए तर रामको कुनै मूर्ति भेटिएनन् भन्ने गरिन्छ । त्यो बाल्मिकी तुलसीदास रामायणमा बर्णन गरेका अयोध्या हैन बरु चितवन–तनहु–चतरा–तिर हो भन्ने चुनौति दिने प्रमाणहरु सहितको अध्ययन अनुसन्धान जारी छ ,बहुसंख्यकको आस्था रहेको मान्यता नै स्वीकार्य हुनाले अहिले अरवौँको विश्वास आर्जन गरेको अयोध्या नै रामको जन्मभूमि अयोध्या मान्नुपर्छ । राज्यसत्ताको उन्मादमा धेरै सभ्यताहरु नष्ट हुँदा धर्म संस्कृतिहरु नष्ट भए,अरुको स्वीकार्नु पर्ने वाध्यता आईलागे । नत्र अफगानिस्तानका बुद्धका स्तम्भ हुन वा इन्डोनेशीया बाली सुमत्राका मूर्तिहरु हुन या कम्बोडियाका विश्वको सवभन्दा ठूलो विष्णुमूर्ति एङ्कोरभाट हुन सबै इतिहाशमा सिमित भएका छन् । भगवान श्रीकृष्णले कलियुगमा ईश्वरको नामको कीर्तनलेमात्र भक्ति हुन्छ भनेर भन्नु हुँदै दैवि सम्पदको उन्नती गर्न भन्नु भएको छ । “स तया श्रद्धया युक्तस्तस्याराधनमीहते । लभते च ततःकामान् मयैव विहितान् हि तान् ।।–श्रद्धाले युक्त भएर जो पुरुष देवताको पूजनमा तत्परहुन्छ ,देवताको माध्यमले म द्वारा नै विधान–निर्माण गरिएको इच्छित भोगादि निसन्देह पाउँदछन् । म नै भोग दिन्छु त्यो श्रद्धाको परिणाम हो,न कि भोग कुनै देवताको देन । तर,त्यो फल भोग त पाउँछ नै”(७।२२ गीता) । “अन्तवत्तु फलं तेषां तद्भ्वत्यल्पमेधसाम् । देवान्देवयजो यान्ति मद्भ्क्ता यान्ति मामपि ।।–यदी अल्पबुद्धिवालाहरु छन् भने आज फल छ तर भोग्दा भोग्दै त्यो भोगफल नाशवान हुन्छ,सीमित तथा क्षणीक फल । देवताहरुलाई पुज्नेवाला देवताहरुलाई प्राप्त गर्दछन्,देवतामा नै प्राप्त हुन्छन्–अर्थात देवतापनि नाशवान हुन् र उनीहरुबाट प्राप्त वरदानपनि नाशवान हो । परमेश्वर असीमित हुनुहुन्छ । फेरि मेरा भक्तहरुले जे जस्तो प्रकारले भजुन म मानै प्राप्त हुन्छन्,जे अव्यक्त छ , ‘नैष्ठिकीम् परमशान्ति’ पाउँछन् । अर्थात देवताको पुजा गर्नेहरु देवलोक जान्छन र मेरो भक्तहरु मेरै परमधाम आइपुग्छन् । परमेश्वरको अनुमतिविना देवताहरु पनि आफ्ना उपासकलाई वरदान दिन सक्दैनन् । प्रत्येक बस्तु परमेश्वर कै सम्पति हो भन्ने कुरा जीवहरुले बिर्सिएपनि देवताहरुले बिर्सिएका हुँदैनन्(७।२३ गीता) । अर्थात देवताको पुजा गर्नेहरु देवलोक जान्छन र मेरो भक्तहरु मेरै परमधाम आइपुग्छन् । परमेश्वरको अनुमतिविना देवताहरु पनि आफ्ना उपासकलाई वरदान दिन सक्दैनन् । प्रत्येक बस्तु परमेश्वर कै सम्पति हो भन्ने कुरा जीवहरुले बिर्सिएपनि देवताहरुले बिर्सिएका हुँदैनन्(७।२३ गीता) । “दैवि सम्पद् मोक्षको लागि हो,जसको २६ लक्षणहरुको निरुपण स्वयं श्रीकृष्णले बताउनु भएको छ । ‘देवता’ हृदयको अन्तरालमा परमदेव परमात्माको देवत्वलाई अर्जित गराउने सद्गुणहरुको नाम भएकाले यो भित्रको बस्तुलाई कालान्तरमा गएर बाहिर हेर्न प्रारम्भ गरे । अल्पज्ञानीजीवहरु भित्री कुरा नहेरी बाहिरी कुरामा लागेर कुरा नबुझि केही लाभका लागि देवताहरुको पछि दौडिन्छन् ।

त्यसैले मूर्तिहरु बनाए,कर्मकाण्डलाई रचे र वास्तविकताबाट टाढा उभिए श्री कृष्णले उपरोक्त चार श्लोकहरुबाट ‘अन्य देवता’हरुको नाम लिँदै मानिसहरुको श्रद्धा जहाँ झुक्दछ,म नै उभिएर उसको श्रद्धालाई पुष्ट गर्दछु र नश्वर फल दिन्छु । देवताहरुले दिएको फल देवताजस्तै नष्ट भएर जान्छ । भौतिक लाभका लागि वर माग्नु शुद्ध भक्तको लक्षण होइन । जीव आफ्नो इच्छापूर्तिका लागि बारम्बार देवताहरुकहाँ जाने गर्छन । जिवात्माले मागेका कतिपय अनुचित कामना भगवानले पुरा नगर्नुहुँदा वा पुरा नहुँदा बारम्बार देवताहरुकहाँ जानु स्वभाविक हो । चैतन्य चरितामृतमा भौतिक भोगको चाहना गरेर देवताहरुका पनि पुजा गर्ने भौतिक बस्तु भएकाले र परमेश्वरको भक्ति पूर्णतया आध्यात्मिक बस्तु भएकाले परस्पर विरोधी इच्छा राख्दा एउटै स्तरमा आउदैन(श्री श्रीमद् ए.सी.भक्तिवेदान्त स्वामी प्रभुपाद । श्रीमद्भगवद्गीता यथारुप । भक्तिवेदान्त बुक ट्रष्ट,हरे कृष्ण धाम,मुम्बई,भारत । नवौँ मुद्रण ई.सं.२०१६ । पृष्ठ १–७३२) । श्रीकृष्ण त यहाँसम्म भन्नुहुन्छ कि अरु देवताहरुलाई पुज्ने विधान नै अयुक्तिसङ्गत छ (स्वामी श्री अडगडानन्दजी । श्रीमद्भगवद्गीता यथार्थ गीता । श्री परमहंस स्वामी अडगडानन्दजी आश्रम ट्रष्ट,मुम्बई,भारत । चौथो मुद्रण ई.सं.२००९ । पृष्ठ १–३७०) । “येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः। तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।। –हे कुन्तिपुत्र ! जो अरु देवताका सकामि भक्त श्रद्धाले युक्त भएर अरु देवताको पुजा अर्चना गर्छन,त्यहाँ देवतानामको कुनै वस्तु नै हुँदैन । तर,अविधिपूर्वक–त्रुटीपूर्ण अज्ञानजन्य तरिकाले मेरै पूजन गरिरहेका हुन्छन्”(९।२३। गीता) । देवतानामको सक्षम सत्ता छँदै छैन तापनि देवताहरु मानेर गरिने पूजा पनि अप्रत्यक्ष रुपमा श्रीकृष्ण कै पूजा हो भन्ने कुरा नबुझ्ने कामनाहरुद्वारा ज्ञान अपहरण भएका ज्ञान अपहरण गरिएकाहरु,मूढबुद्धि भएकाहरु जसको पुजा गरेपनि उनीहरुको देवश्रद्धालाई ती देवस्थानहरुमा श्रीकृष्ण नै उभिएर स्थिर गरेर फलको विधान गर्दै फल प्रदान गर्नु हुन्छ(७।२०–२३। गीता) ।
पर्याप्त ज्ञान तथा विधिविधानको अभाव भएको मानिसले मात्र फेँद जरामा पानी हाल्नुको सट्टा हाङ्गा पातमा पानी हाल्नु जस्तै हो परमेश्वरको सट्टा देवताहरुको पुजा गर्नु भनेको । स्वामी प्रभुपादले त महादेव देवता हुन र कृष्ण नै परमात्मा परमेश्वर भन्नु भएर महादेवको आलोचनाको भाव व्यक्त गर्नु भएकाले पशुपतिमा इस्कोन गीताको विरोध गरिएको हुन सक्छ । तर,उपरोक्त गीताको भावले श्रीकृष्णले आफु जे देखिएको हो त्यो हैन भन्नु भएकाले अर्जुनलाई स्वयं शिव नै सम्झाईरहनु भएको छ भन्ने स्पष्ट हुन्छ–शम्भु,सदाशिव नै परमेश्वर–परमात्मा हुनुहुन्छ भन्ने कुरा । “ब्रह्मविष्णुमहेशानदेवदानवराक्षशाः । यस्मात प्रजज्ञिरे देवास्तं शम्भु प्रणमाम्यहम् ।।– ब्रह्मा,विष्णु,महेश,देव,दानव,राक्षश,जोबाट उत्पन्न भए,जो वाट सबै देवताहरुको उत्पत्ति भयो,यस्ता भगवान् शम्भुलाई सादर प्रणम गर्दछु”(शैवागम) । “शिवको प्रतीक शिवलिङ्ग युरोप एसिया र अफ्रीकी मूलूकतिर पनि भेटिन्छ । तर विष्णुको प्रतीक शालिग्राम नेपाल भारत र केही एसियाली देशमा मात्र पाइन्छ । त्यसैले शिव जेठा,विष्णु माहीला र ब्रह्मा कान्छा देवता हुन । ब्रह्मा विष्णुका कथा पद्म पुराणको उपज हो”(सौरभको असहमति चारबाट उद्धृत । मार्फत मनोहरी भट्टराईको सामाजिक सञ्जालको भित्ताबाट । ०३ फाल्गुण वि.सं.२०८१) ।परमेश्वरलाई नै भक्ति गर,मूर्तिपूजा नगर भन्ने आशय त यशुले पनि व्यक्त गर्नु भएको छ । ध्यानका पिता महादेव हुन । ध्यानले यति शक्ति आर्जन हुन्छ की भूत,भविष्य,वर्तमान ध्यान गर्नेको आँखाँमा सदा छर्लङ्ग भै रहेको हुन्छ भनिने गर्छ,सदा जनकल्याणमा मात्रै मन जान्छ । सायद शम्भुले समुद्र सफाई–मन्थन गर्दा फेला परेका फोहर आफुले लिएर अरुलाई उपयोगी खनिज प्रदान गर्नु भएको । बुद्धले ध्यानबाट जे दर्शन आर्जन गरे त्यसलाई अनुयायीहरुले धर्ममा परिणत गरिदिएर उहाँलाई भगवानको दर्जा दिए । वाइवलको सवै कुरा गीताबाट लिइएको हो,यशुले गीतालाई भारतबाट युरोप जेरुसेलम पु¥याउनु भएर श्रीकृष्णले जस्तै हरेक क्षेत्रमा भएको परिवर्तन अनुकुल दर्शन दिनु भयो जुन कालान्तरमा धर्मशास्त्र हुन गयो । अर्थात श्री कृष्णरुपी शम्भु सारथी गूरु र बुद्ध,यशु चेला सेनापति हुनुहुन्छ । राम्रा विचार जसका भएपनि फरक पर्दैन तर,धर्मको आडमा राजनीति गरिन्छ वा धर्मलाई अर्को देश विरुद्ध रणनीतिक औजारको रुपमा प्रयोग गर्न मानिसलाई प्रलोभनमा पारेर स्वीकार्न वाध्य पारिन्छ भने चाहिँ कुरा फरक पर्नजान्छ । क्रमशः
(तस्वीर सौजन्यः (तस्वीर सौजन्यः बाल यश र कृष्ण महिलाहरुबाट घेरिनु भएको चाहिँ श्री सुनिल सापकोटा,श्री बन्धु कोइराला,श्री खिलध्वज थापा सहितको सामाजिक सञ्जाल,अरु सामाजिक सञ्जाल सहितका सोसल मेडीयाहरु इटसीडटकम,वालपेपर केभडटकम,ड्रिम्सटाइम मिति २५ डिसेम्बरई.सं.२०२३ देखि १५ फरवरी ई.सं.२०२५ अधोभार गुगल–इन्टरनेट नेपाली समय बिहान ८.१०–८.२४ बजे भित्र । तस्वीरहरुको कलात्मक संयोजन श्रम मावि काठमाण्डौ–७ का अंग्रेजी विषयका शिक्षक श्री अरुण भण्डारीबाट) ।