गीतामा शिववचनको तत्व र यशुको सन्देश–३: अन्र्तआत्मामा शिवतत्व निहित

गीतामा शिववचनको तत्व र यशुको सन्देश–भाग १तथा २ :महिमा तथा मातृभूमि सपुतहरुले नै बचाउँछन्को क्रमशः
बि.सं.२०८१ साल माघ २४ गते कृष्ण र यशुको वाल्यकालको उही रुपको–शैलिको तस्वीरहरु सामाजिक सञ्जालमा पटक पटक साझा भए । सर्व प्रथम चर्चित वरिष्ठ सञ्चारकर्मी खिलध्वज थापाले ती तस्वीरको बारेमा सामाजिक सञ्जालको श्रोत भन्दै ‘चोरी’ शीर्षक दिएर सामाजिक सञ्जालको भित्तामा–“पहिलो चित्र ई.सं.१८८९ मा विलियम एडोल्फ बुरुरुइयु नामक क्रिश्चियन चित्रकारले तयार पारेका थिए । चित्रमा बालक येशु ख्रिष्टलाई उनकी आमा मेरी र अन्य आफन्तजनहरुले खेलाएर रमाइरहेका देखिन्छन् । उल्लेख गरिरहन जरुरी छैन,दोश्रो चित्र कुनै भारतीय हिन्दू चित्रकारद्वारा नक्कल गरिएको पहिलो चित्रको प्रतिकीर्ति हो । यसमा शिशु श्रीकृष्णलाई यशोदा मैया र अन्य स्वजनहरुले खेलाइरहेको देखाइएको छ” भनेर साझा गर्नु भयो । त्यसको टिप्पणी गर्दै सोही दिन रोशन श्रेष्ठले साउन ३२ गतेको ‘सबका मालिक एक’ शीर्षक दिएर–“भगवानलाइ पहिलो पटक अंग्रेज शासनमा राजा रबि बर्माले निलो रङ्ग लगाइ पेन्टिङ्ग गरि प्रचार गरेका थिए । रबि बर्मालाइ राजा पदवी अङ्रेजले दिएका थिए” भन्दै साझा गरिएको आफ्नो विचारलाई पूनःसाझा गर्नु भयो । खिलध्वज थापाको उपर्युक्त पोष्टलाई माघ २४ गते नै बुद्धिजिवि,लेखक बन्धु कोइरालाले पूनः साझा गर्नु भयो र त्यही दिन नेपाल बैङ्कका पूर्व कर्मचारी तथा साहित्य लेखक सुनिल सापकोटाले ‘टाइम पास’ शीर्षक दिएर सामाजिक सञ्जालको भित्तामा–“तर मेरो अध्यन अनुसार श्रीकृष्ण र येशू ख्रीष्टलाई एउटै व्यक्तिको रूपमा हेर्ने वा तिनीहरूको शिक्षालाई जोड्ने विचार विभिन्न स्रोतहरूबाट आएको देखिन्छ ।

यीमध्ये केही रहस्य वादी सिद्धान्तहरू,थियोसफी तथा तुलनात्मक धर्मशास्त्रका अध्ययनहरूबाट आएका छन् । थियोसफी र रहस्यवादी दृष्टिकोण वा परम्परामा भनिन्छ कि विश्वका ठूला धार्मिक गुरुहरू एउटै महान चेतनाका भिन्न अभिव्यक्तिहरू हुन् । केही थियोसफीवादीहरूले कृष्ण र येशू लाई एउटै आत्माको भिन्न अवतार वा आध्यात्मिक ऊर्जा भएको बताउँछन् । उनिहरुको तर्कमा (१) ‘क्राइस्ट कन्ससनेस’–येशू कुनै विशिष्ट व्यक्ति मात्र नभएर एउटा उच्च चेतनाको प्रतिक हुन्, जुन कृष्णमा पनि थियो । (२) ‘विश्वगुरु’ को अवधारणा–कृष्ण र येशू दुबैलाई विश्वगुरु मानिन्छ,जसले मानवजातिलाई नैतिकता,करुणा र प्रेम सिकाए । (३) ‘अवतारवाद’–हिन्दू धर्मअनुसार भगवान् विष्णुका दश अवतार छन्, जसमा कृष्ण नवौँ अवतार हुन् । केहीले येशूलाई पनि विष्णु अवतार मान्ने अवधारणा अघि सारेका छन् । तुलनात्मक धर्मशास्त्रमा कृष्ण र येशूलाई तुलना गर्ने प्रयास गरिएको देखिन्छ । केहि विद्वान्हरूको तर्क छ कि ईसाई धर्मको केहि धारणाहरू हिन्दू धर्मबाट प्रभावित छन् । भगवद्गीतामा ‘परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्’ भन्ने वचन छ,जसले धार्मिक पुनस्र्थापना र अधर्मको नाशको कुरा गर्छ । यस्तै,येशूले पनि आफूलाई ‘धर्मको पुनस्र्थापक’ भन्नुभएको छ । केही पश्चिमी विद्वानहरू जस्तै एडवीन ब्रैण्ट,एडवीन बोइड कुहन,प्रभुपादले कृष्ण र येशूका शिक्षालाई समान देख्ने प्रयास गरेका छन् । तर ऐतिहासिक रूपमा समान व्यक्तिहरू होइनन् । येशू र कृष्ण दुई फरक ऐतिहासिक व्यक्तित्व हुन् । यी दुई बीच समानता भए पनि यी फरक धर्म,फरक भूगोल,र फरक ऐतिहासिक पृष्ठभूमिबाट आएका छन् । केही सिद्धान्तहरू भन्छन् कि विभिन्न सभ्यतामा एकै चेतना का व्यक्तिहरू जन्म लिन्छन् र तिनीहरूको शिक्षाले मानव जातिलाई सही मार्ग देखाउँछ । यदि तपाईंलाई अझ गहिरो अध्ययन गर्न मन छ भने,तुलनात्मक धर्मशास्त्र (कम्प्यारेटिभ थियोलोजी) अध्ययन वा थियोसफीको अनुसन्धान गर्न सक्नुहुन्छ” भन्ने विचार साझा गर्नु भएको थियो । गीतामा कृष्ण्ले आफु बोलेको नभएर अरु कोही म भित्र छ अदृष्य भनेर भन्नु भए झैँ यशुले पनि त्यही भावमा म त ईश्वरको दूत हुँ,इश्वरले लोक कल्याणको लागि छोराको रुपमा पठाएको भन्नु भएको छ । महादेवले मेरो भक्ति गर्न जे खाएर, स्नान गर्न नसके नगरेर भएपनि,जुनसुकै जातपातले,उँच नीच नभनी समान रुपले सामान्य भक्ति।स्मरण गरेमात्र पुग्छ भननु भए झैँ उहाँहरु दुवैले पर,पीपल,समीको रुख काटेर अनेक तामझाम गरेर,कोटीहोमको नाममा पाखण्ड गर्दै करोडौँ अशुल गर्न भनेर भन्नु भएको छैन,न त जातपात ईश्वरले रचेका हुन भन्नु भएको छ बरु स्पष्ट सन्देश दिनु भएको छ कर्म र नीयतल नै मान्छे ठूलो सानो हुन्छ । भारतका आरएसएस अध्यक्ष मोहन भागवतले ‘ईश्वरको नजरमा सबै समान छन्,जातपात भन्ने कुरा त पण्डितहरुले सिर्जना गर्नु भएको हो’ भनेर ई.सं.२०२५ को सन्त कवि रैदासको ६४८ औँ जन्मजयन्तिको उपलक्ष्यमा भन्नु भएको थियो भनेर समाचार प्रशारित भएका थिए । भारतको मध्य प्रदेशको छतरपुर जिल्लाको धार्मिक तीर्थस्थल बागेश्वर धाम सरकारका पीठाधीश बागेश्वर धाम सरकार वा महाराज धीरेन्द्र कृष्ण शास्त्रीले कुम्भमेलामा स्नानको सिलसिलामा भागदौड हुँदा मृत्यु भएकालाई ‘मोक्ष प्राप्त गरेका हुन’ भन्दै गर्दा अर्का ज्योतिष मठ,बद्रिकाश्रम जगद्गुरु शङ्कराचार्य–स्वामिश्री अविमुक्तेश्वरानन्द सरस्वतीजीले ‘त्यसो भए तपाईलाई पनि गङ्गामा धकेलेर मोक्ष दिलाई दिउँ त ?’ भनेर भनेका थिए भन्दै सोसल मेडीया–सामाजिक सञ्जालमा प्रशारित भएको थियो । अन्र्तआत्मामा शिवतत्व निहित रहेका बुद्ध,यशु र श्रीकृष्णले धर्मको नाममा यस्ता प्रचार प्रशार नहुन भन्ने चाहनु हुन्छ ।“

रैदास बाभन मत पूजिए जो होवे गुन हीन,पूजिए चरन चण्डाल के जो हो गुन परवीन ! …..जीवन चार दिवस का मेला रे । मन्दिर भीतर मूरति बैठी,पूजति बाहर चेला रे । लड्डू भोग चढावति जनता,मूरति के ढिङ्ग केला रे । पत्थर मूरति कछु न खाती, खाते बाँभन चेला रे । जनता लूटति बाँभन सारे,प्रभु जी देति न अधेला रे । पुन्य–पाप या पुनर्जन्म का,बाँभन दीन्हा खेला रे । स्वर्ग–नरक, बैकुण्ठ पधारो,गुरु,शिष्य या चेला रे । जितना दान देवे देव गे ब्राह्मण को देवोगे,वैसा निकरै तेला रे । बाँभन जाति सभी बहकावे,जन्ह तँह मचै बबेला रे । छोडी के बाँभन आ सँग मेरे,कह रैदास अकेला रे”(सन्त रैदास –रविदास,भारत) ।
राजनीतसँग धार्मिक संस्कारले ले साँठगाँठ गर्छ ,सुनको जलपमा पनि लाभ खोज्दै नाफामूलक अपारदर्शी करोडौँका कोटीहोमका तथा अरवौँका मेलाको तामझाम गर्छ ,धार्मिक उत्सवको नाममा आँखा छोपेर हेर्नुपर्ने नर्तकीलाई मञ्चमा नचाएर पतिदेवको दिर्घायूको नाममा महिनौँ वाइन र रमका बोतल खोलिन्छ भनेँ र देशको विविधतापूर्ण अवस्थाका तर एकतामा बाँधिएका जनता तथा समाजलाई विभाजन गर्न खोज्छ भने त्यो धर्म हैन न त्यो त त्यो धर्मको नाममा गरिने तुच्छ राजनीति नै हुन्छ,पाखण्डीपन हुन्छ । राज्यले अरु अल्पसंख्यक धर्महरुलाई संरक्षण गरेर ती धर्मलाई पनि राज्यका धर्म मानेर कुनै
बहुसंख्यककोधर्मलाई राज्यले साङ्केतिक रुपमा आफ्नो धर्म भन्न सक्छ । र,त्यो धर्मको संरक्षणमा बस्न पाउँदा अरु धर्महरु सुरक्षित महसुश गर्न सक्छन् । पञ्चायती व्यवस्थामा नेपाललाई हिन्दुराष्ट्र घोषण गरिएको थियो तापनि अरु धर्महरु हिन्दुराष्ट्र भएकै कारण आफुहरु सुरक्षित महसुश गरेका थिए,साम्प्रदायीक रुपमा सामाजिक र राष्ट्रिय एकता कायम थियो । भारतमा हिन्दुत्व जव राजनीतिमा पस्यो त्यसले कर्पोरेट मेडीयाको आडमा सामाजिक विभाजन र एकतामा भाँजहाल्ने काम गरेको छ भनेर बहश शुरु भएको निकै भयो । हालै भारतीय पत्रकार तथा लेखक एवं ‘राहुल गान्धीःसाम्प्रदायिकता,दुष्प्रचार,तानाशाही से एतिहासिक सङ्घर्ष’‘जीवन सम्वाद’पुस्तकका लेखक दयाशङ्कर मिश्रको भनाई भनेर सामाजिक सञ्जालमा उहाँको तस्वीर सहित यस्तो भनाई प्रशारित– विस्तारित भएको थियो–“हिन्दूराष्ट्रको झिल्कोले नेताहरुको घरलाई आगोले जलाउँदैन किनकी उनीहरुका छोराछोरी त अमेरिकाको नागरिकता लिन्छन् र तपाईँका छोराछोरी चाहिँ हिन्दू धर्मको ‘हेरचाह’ गर्ने बाचा गर्छन । छोराछोरीलाई व्यवस्था गरिसकेपछि नेताहरुले टेलिभिजनमा तपाईँको रगत उमाल्छन र तपाईँका छोराछोरी आर्यन मिश्रा जस्तै मारिन्छन्”( भारतको हरियाणा फरीदाबादमा गाईरक्षक भन्ने केही व्यक्तिहरुले गाईको तस्करी गरेका सङ्का लागेर १२ कक्षामा पढदै गरेका आर्यन मिश्रालाईे गोली हानेर हत्या गरेका थिए–नवभारत टाइम्सका लागि सुजित उपाध्याय,०३ सेप्टेम्बर ई.सं.२०२४,भारत) । मसँग सामाजिक सञ्जालमा जोडिनु भएका एक सचेत भारतीय नागरिक भन्नुु हुन्छ–“लगानीको क्षेत्रमा अहिले कलियुगमा एसआईपी,एफडी,शेयर बाजार भन्दां धर्मको क्षेत्र सबभन्दा सुरक्षित छ । मेरो कुराप्रति विश्वास नगरेर तपाईँ मलाई धर्म विरोधी अथवा सनातन विरोधी भनेर उफ्रिन सक्नु हुन्छ ,तर म सोरैआना सत्य भन्दै छु । उत्तर प्रदेशको प्रयागराजमा राज्य सरकारले १२ जनवरी ई.सं.२०२५ बाट शुरु गरेर भारु १५ हजार करोड लगानीमा आयोजना गरेको एक महिनामा भागदौडमा ३० जनाको मृत्यु भएपनि,यतिबेला उत्तर प्रदेशका जनताको टाउकोमा प्रतिव्यक्ति ३१ हजार रूपैयाँको ऋणको भार भएपनि ५० करोड मानिसले कुम्भमा डुबुल्की मारेर ३ लाख करोड रूपैयाँ आम्दानी गरेर देखाईदिएको छ । स्वयं मुख्यमन्त्री योगी आदित्यनाथले यो रहस्योद्घाटन एउटा सरकारी समारोहमा गर्नु भएको थियो । भारतीय परम्परा र इतिहासमा धर्मको लगानी सिर्फ मन्दिरमा हुन्थ्यो । भारतीयको आस्थाको साथसाथै देशको समृद्ध धार्मिक विरासतको प्रतिक करिव ५ लाख मन्दिरहरुमा देशभरीका भारतीयहरुले गएर भेटी चढाएर पूजा गरेर बर माग्छन । यशरी थोरै थोरै भेटीपनि करोडौँ जम्मा हुन्थ्यो । बर पुरा भएमा आफ्नो हैसियत अनुशार सुन चाँदी रुपैयाँ आदि दान पनि गर्दथिए । सदियौँदेखि कुम्भको आयोजना भएता पनि प्रदेशमा सरकारले पहिलोपटक धर्मको माध्यमबाट खजाना भर्ने व्यवस्थाको प्रयोग गर्दै इभेन्ट बनाएर आय आर्जन गरेको छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई पनि धर्म क्षेत्रमा लगानी गर्ने ज्ञान भएन । भारतमा युद्धक विमान बनाउदा,परमाणु ऊर्जा क्षेत्रमा लगानी गर्दा जति नाफा हुन्थ्यो ।त्यो भन्दा बढी धर्मको क्षेत्रमा लगानी गर्दा हुने रहेछ । इस्कोनले त पहिलेदेखि नै यो मन्दिर क्षेत्रमा लगानी गरेर मन्दिर सहित त्यहाँको भोजनालय–रिर्सोट समेतले अकूत आम्दानी गरिरहेर मालामाल भै रहेको छ । अब सम्भवामि युगे–युगे को सट्टा धर्मक्षेत्रे युगे–युगे भन्नुपर्छ”(राकेश अचल,वरिष्ठ पत्रकार–दैनिक भाष्कर,साहित्य लेखक,भारत । धर्म का धन्धा सबसे चोखा धन्धा । सामाजिक सञ्जालकों भित्ताबाट । १५ फरवरी ई.सं.२०२५) । यो सञ्जोग हो या धर्म संस्कारको नाममा बढेको भौतिकताबादले हो ई.सं.२०१० सालपछि धर्म संस्कारमा आडम्बर,देखावटी र अस्लिलता बढेको पाइन्छ भने भारतीय चलचित्रमा पनि अस्लिलता बढेको छ । नैतिकता विहिनता नै अस्लिलता मान्ने हो भने त नेपालको हरेक क्षेत्रमा यो फस्टाउँदो छ ।
(तस्वीर सौजन्यः कृष्ण वृन्दावनमा माता यशोदा तथा अरु महिलाहरु स्नेहित हुँदाको कलाचित्र डोल्सोफइण्डियाडटकम,डोल्सअफ ईण्डिया आर्ट स्टोर–पिइन्टरेष्टबाट तथा बाल यशु र कृष्ण महिलाहरुबाट घेरिनु भएको चाहिँ श्री सुनिल सापकोटा सहितको सामाजिक सञ्जाल,अरु सामाजिक सञ्जाल सहितका सोसल मेडीयाहरु मिति २५ डिसेम्बरई.सं.२०२३ देखि १५ फरवरी ई.सं.२०२५ अधोभार गुगल–इन्टरनेट नेपाली समय बिहान ८.१०–८.२४ बजे भित्र) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *