तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटनामा परेको थियो । गाडीमा सवार यात्रुहरु रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका थिए । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन् । यस्तै, सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको छ । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *