‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपालमा
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् ।
क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार बिहान काठमाडौँ आइपुगेकी हुन् । आजदेखि सुरु हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आएकी हुन् । सोमबार साँझ हुने किर्गिस्तानसँगको पहिलो खेल भने उनले गुमाउने छिन् ।
आज भर्खर आइपुगेकाले उनले आराम गर्ने प्रशिक्षक राजेन्द्र तामाङले जनाएका छन् । नेपालले दोस्रो खेल बिहीबार लेबनानसँग र तेस्रो खेल आइतबार म्यानमारसँग खेल्ने छ ।