दाँत मुखको स्वास्थ्य: महत्त्व र आवश्यकता

दाँत मुखको हेरचाह एउटा प्रमुख र अति आवश्यक स्वास्थ्य हो । हामीलाई खानु, चपाउन र सुन्दरता कायम राख्न दाँत र मुख स्वास्थ्यको प्रमुख भूमिका हुन्छ । विकसित देशहरूमा दाँत मुखको स्वास्थ्यलाई निकै महत्त्वपूर्ण र आवश्यक स्वास्थ्यको रूपमा लिइन्छ । विश्वमा महँगो उपचार मध्येमा दाँत मुखको स्वास्थ्य पर्दछ । यसलाई सर्वसुलभ र जनताको पहुँचमा पुर्‍याउन सरकारले पहल गर्नु जरुरी छ ।

दाँत मुखका समस्याहरूले गर्दा शरीरमा अनगिन्ती जटिल समस्याहरूलाई उत्पन्न गराउँछ । विश्वमा सबैभन्दा मुख्य समस्याको रूपमा रहेको रोग हो दण्तषडय (दाँतमा किरा लाग्ने समस्या) यसले दाँतलाई सडाउने र कुहाउने काम गर्दछ । यो रोग लाग्नुमा मुख्यतया जीवाणु (ब्याक्टेरिया) जिम्मेवार हुन्छ । दैनिक खानपानमा गुलियो वा कार्वाैहाइडे्ट बढी भएको खानेकुराहरू खानाले चाडै दाँतमा किरा लाग्छ । ब्याक्टेरियालाई मन पर्ने भनेको गुलियो नै हो । यसलाई प्रयोग गरी अमलिय तत्त्व दाँतमा निष्कासन गर्ने काम ब्याक्टेरियाले गर्दछ । बिस्तारै दाँतमा खाल्डो बन्ने क्रम सुरु हुन्छ । खानेकुराहरू खाल्डोमा गएर बस्ने र कुहिने गर्नाले हाम्रो मुख पछि गन्हाउँछ । दाँतमा खाल्डो बढ्दै गएपछि दुखाई पनि बढ्दै जान्छ । औषधी लिनुपर्ने अवस्था पनि आउँछ यदि समयमा उपचार गर्न सकेनौ भने । यति मात्र होइन दण्तषडय रोगले दाँतलाई नै पुरै सकाइदिन्छ र अन्तिममा दाँत निकाल्नुपर्ने अवस्था आउँछ । त्यसैले दाँतमा हल्का दुखाई भएको र खानेकुराहरू अकडिएको अवस्था भएमा वेलैमा दाँतको उपचार गर्न अस्पताल जानुपर्दछ । पछि अन्तिम अवस्थामा किरा फैलिएर दाँतको धेरै भाग सकिसकेको हुन्छ र दाँतलाई बचाउन गाह्रो पनि हुन्छ ।

हाम्रो दाँतमा किरा लाग्नुको मुख्य जड भनेको हाम्रो दाँतमा जम्मा हुने फोहोरको थुप्रो नै हो । यसलाई नियमित रूपमा हामीले हटाउनु पर्दछ अनि मात्र हामी पूर्ण रूपमा दन्त रोगबाट मुक्त हुन सक्छौँ । दाँत मुखको स्वास्थ्यलाई स्वस्थ राख्न निम्न उपायहरू अपनाउनु पर्दछ । नियमित रूपमा दिनको दुई पटक ( बिहान उठ्ने बित्तिकै र राती सुत्नु अघि) ब्रस गर्ने  खानेकुराहरू ब्रस गर्दा पनि गएन र दुइटा दाँतको बिचमा अकडिएर बसेको छ भने अन्य उपाय गरेर अड्केको फोहोर सफा गर्नुपर्छ । मुखलाई कुल्ला गर्ने । यसको लागी मनतातो पानीमा थोरै नुन मिसाएर कुल्ला गर्ने वा क्लोरिस्डाईन ग्लुकोनेट केमिकललाई प्रयोग गर्ने गर्नुपर्छ। यसरी कुल्ला गर्नाले मुखलाई स्वस्थ राख्छ र सङ्क्रमणबाट जोगाउँछ ।

नोट- क्लोरिस्डाईन ग्लुकोनेट केमिकलको साइड इफेक्ट पनि हुन्छ । धेरै प्रयोग गर्नु हुन्न । बच्चाहरूले र वृद्धहरूले प्रायः प्रयोग नगर्ने, प्रयोग गर्नुपरे चिकित्सकको सल्लाह लिएर मात्र गर्ने गर्नुपर्छ । धूम्रपान, मद्यपान जस्ता गतिविधिहरू त्याग्ने दन्त स्वास्थ्य शिविरहरूमा निःशुल्क परीक्षण हुन्छ त्यसमा सहभागी जनाउने गर्नुपर्छ । ६ महिना वा वर्षको १ पटक नियमित दन्त परीक्षण गराउने गरौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *