काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *