नेता सापकोटाको निधनपछि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।सो पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *