पोखराका मेयर पनि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मेयर आचार्यले सामाजिक सञ्जालमार्फत आज अपरान्ह डिस्चार्ज भएको जानकारी गराएका हुन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन समारोहमा बेलुन विष्फोट हुँदा उनी र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।

पौडेल यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *