राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ ।

पार्टी महामन्त्री राजेन्द्र गुरुङले बिहीबार उक्त जानकारी दिएका हुन् । भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उनले बताए । गुरुङका अनुसार फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढीमा सभा आयोजना गरिनेछ । यसैगरी २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको हो ।

कोशी प्रदेशमा आयोजना गरिने भण्डाफोर सभाको भने मिति टुंगो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *