पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर सरकारले यस्तो निर्णय लिनुपर्ने बताइन् । ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु- त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्,’ उनले भनिन् ।

कार्कीले बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा जोड दिइन् । ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने ?’, उनले प्रश्न गर्दै भनिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *