लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो
काठमाडौँ । लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ ।
आज सम्पन्न आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै लेबनान प्रतियोगितामा तेस्रो भएको हो । लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए ।
लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यान्मारसँग पराजित भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यान्मार खेल्दै छन् ।