स्वर्गीय भोलाप्रसाद दवाडीप्रति हार्दिक श्रद्धाञ्जली ।

देख्दैनौं शरीर अब त
के रुप तिम्रो भयोै
निस्कपट छल गरेर
छाडेर किन गयौ ।१

सुख सयल होस् तिमिमा
मट्टि बनायौ चोला
रुन्छिन धरधरी प्रिया
के पोत गर्छौ होला ।२

दुई दिने पाहुना बन्यौ
दाइ र भाई भनी
हिजो सम्म थियौ बसेका
मायाको खानि बनी ।३

अजम्बरित हुद‌ैन यहाँ
मर्नै पर्ने यो चोला
कोहि जान्छन् ढिला भने
कसैको चाडों होला ।४

जाने त गयौ नि तिमी
हाँसि खुसिमा तन
तिम्रा शरीर ढडाउँन
मान्दैन हाम्रो मन ।५

लिहिनछौ थपक्क सुति
चल छैन तिमिमा
चितामा जलाई दिदाँ
केही बोल्दैनौ हामिमा ।६

नाता लगाई हिड्यौं किन
निस्वार्थ भाव बोकि
वेगमा हिडेंको कसरी
भन्न पाएनौ रोकि ।७

मुढो त्यो शरिर क्षणमा
भष्मै भयो खरानी
मेरा स्वामि खोई भनी
बिलापमा छिन परानि ।८

यस्तै छ रित सबै यहाँ
एकमुठि रहदां सास
केही भन्न सक्दैनौ अरु
बैकुण्ठमा होस बास ।९

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *