आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र न्यूजील्याण्ड खेल्दै
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।जारी प्रतियोगितामा न्यूजील्याण्डले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । न्यूजील्याण्डले यस खेलमा बंगलादेशलाई पराजित गरेमा सेमिफाइनलमा पुग्ने छ ।
अर्कोतर्फ बंगलादेश भने पहिलो खेलमा भारतसँग हार बेहोरेपछि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा पुगेको छ । समुह ए मा भारतले २ खेलमा जित हासिल गरेर सेमिफाइनलमा लगभग पुगेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।