टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” हरेक सोमबार प्रसारण हुने
काठमाडौँ । समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ हास्य टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” आउने भएको छ । यो सिरियल हरेक सोमबार साँझ ७ बजे दामी क्रिएसन युट्युब च्यानलमा प्रसारण हुने निर्माण टिमले जनाएको छ ।
“सुँगुर मुस्कुराउँछ” लाई निर्माता सनम तामाङले निर्माण गरेका हुन् भने कथा लेखन, छायाङ्कन र सम्पादन स्वयम सनम तामाङकै रहेको छ । सिरियलका कलाकारहरूमा सुमिन गुरुङ, नवीन थापा, लोकेन्द्र भण्डारी, दिप्सन लिम्बू, सम्झना श्रेष्ठ, सब्या दीप गौतम, रेश्मा खजुम लिम्बू, सुभ राज श्रेष्ठ र ईशान जङ्ग राउत लगायत रहेका छन् । यी कलाकारहरूका अभिनयले सिरियललाई हास्यपूर्ण बनाएको निर्माण टिमले जनाएको छ । सिरियलमा राकेश रनापालले शृङ्गारको जिम्मेवारी सम्हालेका छन् भने विजय मगरले निर्देशन गरेका छन् । शृङ्खला निर्देशकको रूपमा भने दिनेश कार्की रहेका छन् ।
यस सिरियलले सामाजिक र व्यक्तिगत अनुभवहरूलाई हास्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको शृङ्खला निर्देशक दिनेश कार्कीले जानकारी दिए । सिरियलले समाजका विभिन्न पक्ष र परिस्थितिहरूलाई मजाकको रूप मा चित्रण गरेको छ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने उद्देश्य निर्माण टिमले राखेको छ । सिरियलको पहिलो एपिसोड आज (सोमबार) ७ बजे दामी क्रिएसन युट्युब च्यानलमा हेर्न सकिन्छ ।
सुँगुर मुस्कुराउँछ ट्रेलर