पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ स्याङ्जा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन् ।

केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ । मंगलबार कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ । उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले सुरु गर्ने स्टेपलाई साथ दिन उनले आह्वान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *