च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ ।

समुह बी अन्तर्गतको यो खेल पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा इङल्याण्ड र अफगानिस्तानले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेकोले यो खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा हार बेहोर्ने देश सेमिफाइनलको दौडबाट बाहिरिने भएकाले दुवैका लागि जित्नै पर्ने अवस्था रहेको छ ।

यसअघि इङल्याण्ड अस्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *