चट्याङ माष्टर कृष्णमुरारी गौतमको जन्मदिनको शुभकामना ।

झुस्स परेका चट्याङ तिमी
रैछौ सबका ज्ञानका खानि ।
रिष्ट छौ पुष्ट धन्दा नमान
खिरिलो ज्यान सुख समान ।१

बुझ्न सकिन पहिला ज्ञान
अहिले गर्छु आदर मान ।
देखेको मैले रुपका खानि
लेखे जिवनि जानि नजानि ।२

उमेर पाको भैसक्यो तिम्रो
आज्ञा पालन गर्दछौ राम्रो ।
सेतो कपाल गम्दारि पन
नौलो आभाष छ तिम्रो मन ।३

हिड्छौ सधै फुर्ति लगाई
जोस र जाँगर मुस्कान जगाई
पाईला सार्छौ दरबिलो बनी
भन्छौ गाको छैन जवानी ।४

जोसिला बन्छन अघि सरेर
दुईहात सुर्कि मुड्कि भरेर ।
नहार्ने हिम्मत फुर्तिलो बानि
लगाउँछन नाता जानि नजानि ।५

आफु नहाँसि हसाउने अरु
भन्छौ हिम्मत जावस् बरु ।
चोटिलो भाका सबका निसानि
मायाँ र ममता भरिपुर्ण खानि ।६

सबभन्दा जेठो उमेर गन्छौ
तर पनि हिम्मत गा छैन भन्छौ ।
गाउँ पहरा सङगि र साथि
नबिर्स पदले गएर माथि ।७

झुम्रो र झुत्रो लुगा लाएको
मोई र ढिडो चोपि खाएको ।
खेत र वारि पर्म गएको
बाबा र आमा बुढो भएको । ८

नबिर्स कहिले गाउँ र घर
सम्झनु पर्छ वर र पर ।
टोपि लगाउँछौ कोटको जस्तै
जहिले देखेनि मुहार उस्तै ।९
दिव्य छ ज्योति झलझल मुहार
ज्ञान दिलाउन गर्छौ सम्भार
पापको भारि ठान्दैनौ तिमी
दयाका खानि ठान्दछौ हामी ।१०

टेक्दैनो लौरो उमेर गएनि
बोलाउँदा आउँछौ जहाँ भएनि।
तिम्रा पवित्र स्वच्छन्द ज्ञान
छाई रहोस त्यो मन्द मुष्कान ।११

सुन्दछु तिम्रो कहानि मैले
शुभकामना दिएनि अहिले ।
तिम्रो जन्म दिनमा आज
जुटि रहेको छ यो समाज ।१२

चिरायु दिर्घायुको भावना
तिमिमा मेरो भक्ति कामना ।
सुख र दुख भोग्यौ सामना
हृदय भावले गर्छौ कामना ।१३

पबित्र रहोस् तिम्रो भावना
सधैं दिलको शुभकामना ।।
चर्खाले धागो बेरेझै बेर्छौ
हृदय भाव मायाले हेर्छौ ।।१४
छैन संकोच तिम्रा मनमा
भावना राख्छौ मनले जनमा ।
आफू जन्मेको गाउँ नभुल
मेरो ईच्छा अन्त नडुल ।१५

सबका जातित बन्न सकिन्न
भबका साथि त भन्न सकिन्न ।
न्यायमा लड्यौ दिलचस्वि राखि
ल्यायौ न्यायका वृद्धजन डाँकि ।१६

हास्ने हसाउँने तिम्रो बानि
खोट दिदैनौ जाना जानि ।
बाबा र आमा हृदय भित्र
लेखे तिम्रो चित्र बिचित्र।१७

सहि निसाना को सँग रहला
आफनो मुहार अरुले कहला ।
गरहै माया ममता मलाई
नरोउँ कहिल्यै मुटु जलाई ।१८

पुण्य कमायौ अझ कमाउँ
वृद्धाहरुमै सँग रमाउँ ।
स्वस्थ रहोस् तिम्रो जिवन
हाँसो खुसि खोज्दछ यो मन ।१९
नौलो रुपको देउँ भावना
जन्म दिनको शुभकामना ।
तिम्रा मनले गर्यौ सामना
बाँकि जिवन शुभकामना ।२०

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *