एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले आफू मर्जरमा जानका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको समेत खोजि गरिरहेको छ । बैंक सञ्चालक समितिको बैठकले चैत ११ गते बिर्तामोड झापामा बिहान ११ बजे १९औं साधारण सभा बोलाएको छ । बैंकको सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । बैंकका अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने,गाभिने वा प्राप्ती प्रयोजनका लागि सहमतिपत्रमा हस्ताक्षर, समिति गठन, चल अचल सम्पत्तीको मूल्याङ्कनका लागि मूल्यांकनकर्ताको नियुक्ति, निजको पारिश्रमिक निर्धारण, सेयर आदान प्रदान अनुपात निर्धारण, नियमनकारी निकायसँग सहमति लिने लगायतका आवश्यक कार्य अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ । साथै सभाले संचालक समितिका सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने, बैंकको नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स ज्ञानेन्द्र बहादुर भारीलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।