च्याम्पियन्स ट्रफी अन्तर्गत दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश
काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ।
इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो।
इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।