पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराजको स्वास्थ्यमा सुधार आएपछि आजदेखि आईसीयूबाट प्राइभेट वार्डमा सारिएको हो । आइतबार साँझ मुटुसम्बन्धि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनलाई योसहित चौथो पटक हृदयघात भइसकेको छ ।