संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको पनि ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो । यस अघि कांग्रेसले पनि ह्वीप जारी गरेको थियो । सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ ।

आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *