प्रधानमन्त्रीद्वारा निबन्ध लेखन विजयी प्रतियोगी पुरस्कृत
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरेको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजेताहरूलाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा दीपिन सिजापति प्रथम भएका छन् । त्यस्तै, मोहन पोखरेल द्वितीय, समीक्षा दाहाल तृतीय, रचना अधिकारी र सन्दीप कुशवाहले सान्त्वना पुरस्कार जितेका छन् ।
उनीहरूलाई एमाले अध्यक्ष ओली र युवा संघ नेपाल संगठनका अध्यक्ष क्षितिज थेवे, संगठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका छन् ।