नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *