मागभन्दा बढी आवेदन परेपछि एभरेष्ट बैंकको ऋणपत्र आजै बन्द हुने

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि बिक्री आज फागुन २३ गते अन्तिम दिन रहेको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । सिडिएस एण्ड क्लियरिङका अनुसार बिहीबार ५ बजेसम्म बैंकको ऋणपत्रमा ८ हजार ८३४ आवेदकले १६ लाख ५८ हजार ५३७ कित्ता ऋणपत्र खरिदका लागि १ अर्ब ६५ करोड ८५ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको हो ।

७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६,६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *