विकृतको चाङ्गले विटुलो पारिएको लोकतन्त्रको रनभूल्लमा प्रभुत्वविहीन मतदाता

“हातहरूमा चक्कू हैन आँखाहरुमा पानी चाहिन्छ । ए ! भगवान मलाई शत्रु पनि खानदानी नै चाहिन्छ” (स्व.डा.राहत इन्दोरी,भारत) ।
(१) हाम्रा नेताहरुको चुरीफुरि मात्रै होइन तिनीहरुका झोलेभीडहरुको हाईफाईँ देख्दा आज भारतका प्रसिद्ध शायर गजलकार प्रो.वसीम बरेलवीका शायरीहरुको सम्झना भएर प्रस्तुत गरेको है भनेर कुनै फुर्सदिला निराश मतदाताले अरु आफुजस्तै निराश प्रभुत्वहीन मतदाताको पशले–चौतारे–मर्निङ्ग वाके जमघटमा तलको मुशायरा सहित गफ दिएमा सुन्दा ताली वजाउन मन लाग्छ –“खोफेँ खुव है दिलमे तो फक्रे जमी हो तुम,खोफेँ खुदा नहीँ तो कहीँ के नहीँ हो तुम । होते कहीँ हो और बताते कहीँ हो तुम,ये दर्जा ये सीयासे थक ते नहीँ हो तुम । जैसा देखाई दिने की करते हो कोसिसे,मैँ खूव जानता हूँ के ऐसे नहीँ हो तुम । हाँ तुम पे नाज करतीं हैँ वादाखिलाफियाँ,हाँ मेरे इन्तजार के लायक नहीँ हो तुम । हसरत से तकते रहते हो आसमाँ को,होते हुए जिस जमीँ पे उसी के नहीं हो तुम ।…कभी सोचा भी है खुद से ही हम वेजार है कितनी,बहुत दुस्मन वना रखी है अपने यार है कितने ? मिलाने को तुम्हारी हाँ मे हाँ एक भीड है,लेकिन ओ तुम्हारे साथ चलने के लिए तयार है कितने ?लगाओगे कहाँतक दावपर खुदारीया अपनी,तुम्हारा एक शर है पर यहाँ दरवार है कितने ?” जव राजनीतिलाई कशैको धनआर्जनको पेशाको रुपमा विकशित गरिन्छ,राजनीतिको मूल सिद्धान्तमाथी नै सिद्धान्त विहिनहरुको पकड हुन्छ र अराजकरुपमा जे जे गरेपनि निरीह मतदाताले केही गर्न सक्दैनन् भन्ने प्रवृतिको विकाश हुन्छ तव राजनीतिक दलको रुपमा रहेका राजनीतिक सङ्गठनको व्यवहारले लोकतन्त्रलाई विटुलो पार्छ र लोकतन्त्र भद्धा मजाक हुन्छ । नेपालमामात्र हैन विश्वमा नै आफुलाई प्रजातन्त्रका संवाहक भनाउनचाहन देशहररुमा लोकतन्त्र नै विवादमा परेर विवादित हुन थालेको चर्चा शुरु भएको छ । प्लेटोले लोकतन्त्र अधिनायकबादी हुनसक्छ भनेर उहिले भन्नु भएको कुरा सम्झाईरहनु नपर्नेगरी भरपर्दो र विश्वासिलो साशनको आशा गर्दै खर्चिलो–महङ्गो,सर्वसाधारणको पहूच बाहिरको,थीति नभएको चुनावि रनभूल्लमा टिकेको लोकबिहीन लोकतन्त्रलाई भोगी रहेकाछन् विश्वमा प्रभुत्वबिहीन मतदातहरु !
साधारण मानिशमा ठूलो महत्वकांक्षा नभए पनि यस्ता सर्वसाधारण शक्तिशाली हुन्छन् । “आफूलाई साधारण मानिश ठान्नु पनि एउटा शक्ति हो । यस्ता मानिशले असाधारणताको कुनै फाल्तू सपना देख्दैनन् र निराशा हुँदैनन्,मनलाई पनि मजबूत बनाएर राख्छन् (स्व.हरिशङ्कर परसाई,भारत) । देशको लागि प्रभुत्वबिहीन सर्वसाधारण मतदाताले क्रान्तिलाई विकल्पको रुपमा सदा खुला राख्नुपर्छ । “जसले विखण्डनका तारहरु अत्याचार,भावि सन्ततीले सोहोर्नु पर्नेगरी वर्तमान साशकहरुले थुपारेका विकृति एवं विससङ्गती तथा बेथितीका डङ्गुर र विखण्डनका तारहरुलाई हातका मुठ्ठी उचालेर समय मै फ््याल्नु पर्छ । “जुन हातहरुले चट्टानहरुलाई फोड्न सक्दैनन्,फलामलाई मोड्न सक्दैनन्,सयौँ तारहरुलाई जोड्न सक्दैनन ती हातहरु भाँचिए हुन्छ ”(केदारनाथ अग्रवाल,जनकवि,भारत । दोषि हाथ) राजनीतिक दलहरुमा मतदाताहरुलाई भ्रममा राखिन्छ । राजाले प्रधानमन्त्री बनाईदिनु भए खुरुक्क रातारात राजतन्त्रवादी भै हाल्ने चरित्र–व्यवहार र प्रवृति भएकाहरु राजाले विकृति र विसङ्गतिप्रति चासो राख्दा राजालाई दल खोल्न सुझाव दिएर संसदमा ठूलै कुरा गरेर मतदाता वा सर्वसाधारण जनमतलाई आफ्नो प्रभुत्व देखाउन संसदमा कुर्लिन्छन ।

खुशी त कशैलाई पारेर केही अवशर लिनु छ भने परिस्थिति अनुशार बचन फेरिन्छन् । कहिले असहमतिका बुँदाहरु बाहिर आउछन्,कहिले जनयुद्ध शव्दको कोलाहल हुन्छ । कहिले यी राष्ट्रपति भन्दा त राजा नै ठीक भनिन्छ । कहिले आफ्ना मालिक मानेका नेताले बोलेको कुरामा मन्टो हल्लाएर ओठ नचाएर प्रभाव मालिकलाई पार्दै मन्त्री पद हत्याउन पाइन्छ भन्ने आशामा अभिनय पनि गरिन्छ । यसैपनि गरिव मुलुकमा हुने चुनावमा मतदाता प्रभुत्वहीन–विहीन हुन्छन्–समाचार हेर्छन,सुन्छन् र ठूलठूलो स्वर गर्दै संसदले आफुहरुलाई हल्ले भएर भ्रममा पारेको कुरा नबुझि बित्थामा चीया पशलमा हुने जमघटेहरुको गफाडी अन्र्तक्रियामा सामेल हुन्छन् ।
नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल–जन्मको नाम घनश्याम दाहाल–राजनीतिक नाम प्रचण्ड प्रधानमन्त्री हुनुभएको बखत शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको काठमाडौँ प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत चुनिएकी सुमना श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री हुनुभएको बेला पहिलो निर्णय विश्वविद्यालयमा रहेको कुलपति र सहकुलपतिको व्यवस्था परिमार्जन गरि विश्वविद्यालयको नेतृत्व प्राज्ञिक ब्यवक्तिहरूबाट हुने कानुनी प्रबन्ध गर्ने निर्णय गरेपछि बहस टिप्पणीहरु भयो । त्यसवेलाका काठमाडौँ–५ का नेका सङ्घीय सांसद प्रदीप पौडेलले मन्त्री सुमनाको अरु काम समेतलाई लिएर संसदमा आफ्नो विचार राख्नु हुँदा प्रदीप पौडेल जस्तो सार्थक विचार राख्ने सांसदले अली हतार गरेर कामको सतही र केहीलाई खुशी पार्न सतही टिप्पणी गरेको चर्चा भएको थियो र हाल पौडेल केपी ओलीको प्रम अन्तर्गत नेकाको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ र उहाँको कामको राम्रो चर्चा भएपनि पेशाले चिकित्सक–ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद–पूर्व स्वास्थ्य राज्यमन्त्री डा.तोशिमा कार्कीले हालै स्वास्थ्य मन्त्री पौडेलको काम बारे गरेको टिप्पणीप्रति पनि अपरिपक्व–हल्का–सतही–अनुभवहीन जस्ता प्रतिक्रियाहरु पढ्न,सुन्न,सोसल मिडीयामा हेर्न पाइएको सन्दर्भमा हेलचेक्र्याईँ,हेलीमेली,हेलै रुपमा मतदातालाई हिस्स्याउनु अहिले लोकतन्त्रको व्यवसायिक धर्म भएको हो की भन्ने अनुमान लगाउनु पर्ने अवस्था छ । नेपाल यस्तो देश हो जहाँ विगतको सत्तालाई गाली गरेर सत्ताका वर्तमान भोकाहरु प्रभुत्वविहीन मतदातालाई रनभुल्लमा पार्ने गर्छन । भारतमा त उही हिन्दी चलचित्रमा गाली गरेको हेरिए पनि राजनीतिक सन्दर्भमा अंग्रेजलाई गाली गरेको सुनिएको छैन । इष्ट इण्डिया कम्पनीले आफ्ना विधार्थी नेहरु र जिन्नालाई अलग अलग देशको कार्यकारी प्रमुख बनाउन पाए दक्षिण एशियामा सार्वभौम शक्तिशाली भारतको शक्ति खण्डिकरण भएर पकड आफ्नो हातमा रहने हुँदा सुभाष चन्द्र बोस र भगत सिंहजस्ता देशभक्तलाई समय मै ठेगान लाएर,वीर सावरकरलाई पटक पटक आत्मालोचनाको विन्तीपत्र मार्फत अंग्रेज समर्थक बनाएर,साम्प्रदायीकता भडकाएर घोषण गरिएको स्वतन्त्र भारत सहित स्वतन्त्र पाकिस्तानको घोषणामा भारत देशको सार्वभौमसत्ताको विखण्डन गर्दै भारत छोडेका अंग्रेजले बक्शिसमा दिएको स्वतन्त्रताप्रति जनताको खुशीलाई भजाएर रमाएका कांग्रेस आफ्ना नेहरुलाई प्रमको रुपमा निकै कार्यकालसम्म पाएका थिए,ई.सं.१९३० मा नेहरु पनि माक्र्शवादी थिए भन्ने चर्चा पनि गरेको सुनिएको थियो । त्यसपछिका कार्यकालमा भाजपाले पनि नेहरुको इतिहास कायम गरे र बेलायतलाई आर्थिक रुपमा उछिने तर अंग्रेजले माफिमाग्न लाएर आफ्नो बसमा पार्न तटस्थ बनाइएका सङ्घी नेता सावरकरलाई वीर घोषणा गरेर अंग्रेजप्रति आदरार्थी उदार भएका नै हुन ।
ई.सं.२०१९ को आम निर्वाचनको अभियानमा काँग्रेसले सिर्फ मोदीप्रति मात्र प्रहार गरे । मोदीले उक्त चुनावी अभियानमा बहुपक्षीय रुपमा कुराहरु राख्दै अन्तिम चरणको प्रचारमा मात्र राजिव गान्धीलाई भष्ट्रचारी नम्बर १ को आरोप लगाउनु भएको थियो । पहिलो सङ्घीय निर्वाचनपछि गठन गरिएको केपी वलीको दुईतिहाई सरकार जव दलभित्रैको टुट फुट र अदालती फैशला समेतले गर्दा सत्ताच्यूत भएपछि प्रचण्डको नेतृत्वमा गठित माधव नेपालको एमाले फोडेर स्थापित नेकपा समाजवादी गठवन्धन सहितको त्यसवेला ओलीपक्षबाट बाह्य शक्तिको लागि ‘कम्फर्ट’ भनेर प्रहार गरिएको सरकारले के के न चमत्कार गर्ला भनेर आशा गरिएकोमा १ बर्षको कार्यकाल त्यो पनि केपी वलीलाई गाली गर्दै आफ्ना नजिककालाई राजनीतिक नियुक्ति गरेर व्यतित गरेका अवधी प्रभुत्वविहीन नेपाली मतदाताले भोगेका नै थिए । प्रभुत्वहिन मतदाताले यी पनि ‘वही तलाव के मछली तो है’ भनेर मनोस्थिति बनाउन बाहेक केही पनि गर्न सकेनन् । पुष्पकमल दाहालले अव स्थानीय तहबाट समाजबाद ल्याउने कुरा गर्दा ताली पडकाउने प्रभुत्वहीन मतदातालाई गजव लाग्दछ ।

विश्वका चर्चित नेता,उत्पीडीत तथा उपनीवेशले थिचिएका जनताको पक्षधर राजनीतिक विचारक माओले आफ्ना विचारहरुलाई पार्टीको एक लाइनको विचारधारा मान्नु भएर आफ्नो विचारलाई कशैले माओत्सेतुङ्ग विचारधारा पनि नभन्नु है भनेको अवस्थामा अमेरिकाको रिभोल्यूसनरी कम्युनिष्ट पार्टीका नेता बव एभकिन ले ‘माओवाद’ शब्द नै उपयुक्त भनेपछि त वि.सं.२०५२ देखि नेपालको राजनीतिमा हावि माओवादले विश्व मै हलचल ल्याएर १७ बर्षमा पटक पटक केन्द्रीय सिंहदरवारको प्रम हुँदापनि ‘समाजवाद’ ल्याउन नसकेपछि अव माटीवाट सकिएन बरु तल झरेर ‘स्थानीय सिंह दरवार’ बाट समाजवाद ल्याउने भन्नु हुँदा प्रभुत्वहिन मतदाताहरु मध्ये केहीले–राजतन्त्र तथा विश्वको समाजबादी व्यवस्थाकै रुपको र भूराजनीतिक अवस्था अनुकुलकोे वीपी कै वैकल्पीक चिन्तनको उपज भएको तर राजामहेन्द्रले कार्यान्वयनमा ल्याएको संसदीय प्रजातन्त्रको एक मोडल पञ्चायतले पनि त लोककल्याणकारी मिश्रित अर्थ व्यवस्था अवलम्बन गरेर राज्यको स्वास्थ्य,शिक्षामा समाजबाद अनुकुलको पकड थियो,कुनै बखत यी राष्ट्रपति भन्दा त राजा नै बरु ठीक थिए भन्ने प्रचण्डले खुरुक्क सङ्घीयता खारेज गरेर राजतन्त्र ल्याउन समर्थन गरेर नेपाली समाज एवं नेपालको भूराजनीतिक अवस्था अनुकुलको समाजवादी लोककल्याणकारी व्यवस्थाको लागि मार्चपास गर्नु पर्नेमा उही पुरानै राग अलाप्न थाल्नु भएकोले कहिँ उही पुरानै सङ्घीयता र पहिचानको हलचल मार्फत देशको सार्वभौमिकतालाई अझ विखण्डन गराएर कमजोर पार्ने बाह्य शक्ति सलवलाउन पो लागेको हो की भनेर चासो व्यक्त गर्नेहरु पनि छन् । यस्ता विचार झट्ट सुन्दा प्रतिगमनीय विचार लाग्न सक्छ । तर,जे जे भनेपनि अनुशासनमा रहेर देश र जनताको हितमा परीवर्तनको पक्षमा वैकल्पिक विचारको स्वतन्त्र प्रवाहचाहिँ गर्न पाइन्छ,जनमतले सकेमा व्यवस्था नै फेर्नपनि पाइन्छ । प्रजातन्त्रको परिभाषा कोकाकोलाको सुत्र जस्तो हैन नकी कशैले सिकाएको वा थोपरेको आधारमा मात्र हैन बरु जनताको व्यापक हितको आधारमा पनि हुन्छ भनेर अमेरिकी राष्ट्रपति जेफरसनको भनाईको आशयमा चिनले त उहिले नै भनेको र भारतले भर्खरै म्यूनिक ग्लोवल सम्मेलनमा प्रजातन्त्र पश्चिमा विशेषता हैन भनेर भनिसकेको छ । “जसलाई कुनै साम्राज्यको आवश्यकता हुन्न त्यही मात्र साम्राज्य सम्हाल्न योग्य हुन्छ”(झुवाङ्गजी,प्राचिन दार्शनिक,चिन) ।
अहिले डोनाल्ड ट्रम्पको दोश्रो कार्यकालको पूवाद्र्धमा अमेरिकी सहयोगका केही कार्यक्रमहरु स्थगित गरिएको सन्दर्भमा विश्व मै सकारात्मक चर्चाको विषय भएको छ । चुनावको लागि भारतमा कशैले भाजपाले ४० करोड र कांग्रेसले १४० करोड त केहीले चाहिँ ट्रम्पले २१ मिलियन अमेरिकी डलरको सहायता यूएसएड मार्फत भाजपाको सरकारलाई दिएका भनेर हल्ला चर्चा समेत गरिएको थियो । “नन्दीग्राम–सिङ्गुरको वेला देखि नै पश्चिम बङ्गालमा विदेशी धन आएको छ भनेर मैले भनेकोमा सञ्चार माध्यमले मलाई व्यङ्ग प्रहार गरेका थिए । हालै मोदी मित्र ट्रम्पको भनाईअनुशार पश्चिम बङ्गालमा वामपन्थीलाई खत्तम गनका लागि अमेरिकी धनको प्रयोग गरिएको छ”(मोहम्मद सलीम,सचिव–सीपीआइएम,पश्चिम बङ्गाल,भारत । सीपीआईएम पश्चिम बङ्गाल नामको सामाजिक सञ्जालको नाम उल्लेख गरेर सामाजिक सञ्जालमा प्रशारित) । तर,सीपीआईएमले अरुलाई दोष दिनुभन्दा आफ्ना नेताहरुमा कार्यकर्ताहरुमा देखिदै गएको बुर्जुवा संस्कार यहासम्मकी तल्लो वर्गको हितको कुरा गर्ने अरु बामपन्थीलाई समेत दवाउन थालिएको र नजानिदो तवरले प्रभुत्व विहीन मतदाताको सट्टा कर्पोरेट तथा दलाल पूँजिबादको हितमा नीतिगत निर्णय लिन हिमचिम बढाउन थालेको भन्ने चर्चा बहशपनि भारतमा चलेको थियो ।
नेपालमा त सहायताको खोतल खातल पारेर अहिले सोसल मेडीया भरिएका छन् । ईष्ट इण्डिया कम्पनि भारत छोडेर जाने वेलामा नै नेपालको सुक्ष्म व्यवस्थापनको जिम्मा अमेरिकालाई दिएको भनेर बहश अन्तक्रियामा सुनिएको हो । २०१५ सालको चुनावमा नेका र महेन्द्रलाई पनि अमेरिकाले सहयोग गरेको थियो भन्ने पनि चर्चामा आएको नै हो । २०६४ को संविधान सभाको चुनावमा विदेशी सहयोग–कतिपय एनजीओ,आइएनजीओ मार्फत अकूत आएको थियो रे भनेर पनि हल्ला भएको नै हो । काभिडकालमा माओले मास्क लाएको काठमाण्डौ पोष्टको लेखप्रति चिनले असहजता जाहेर गर्दा वक्तव्य जारी गर्ने पत्रकारहरुको नाम त पढिएकै हो । वाईडन सरकारको लागि कम्फर्ट हुने सरकार–नेपाली राजनीतिक दल नै नेपाली सरकारमा रहने अमेरिकी नीति सायद तय भएकाले हुन सक्छ एमसीसी पारित गर्न एमालेले सामान्य बहुमतको प्रावधान राखिदिएर संसदमा हल्ला नगरिदिएको भए र प्रचण्डका बाहिर विद्रोह र भित्र व्याख्यात्मक सहमतिका दुईथरी गतिविधि नभएका भए स्थिति सहज हुने थिएन भन्ने टिप्पणी बहश र अन्तक्र्रियामा सहभागी हुनेले उहिले हल्ला गरि सकेकाले यो लेखमा यो अल्पज्ञानी पंक्तिकार बढी जान्ने हुन खोज्दैन साथै कुनचाहिँ बामपन्थी दलका नेता कार्यकर्ताले कांगेस भन्दा बढी यूएसएडको मलाई–तर चाटन सफल भयो होला भन्ने हल्का र सतही टिप्पणी पनि गर्दैन,सत्यले अव म छर्लङ्ग हुन्छु है भन्दैन आफैँ वर्षाद पछिको आकाश खुले झैँ खुल्छ । बरु माओवादीका भातृ सङ्गठनहरुले वास्ना सुध्न शुरुगरिसकका र थोरै तरमलाई चाटने कांग्रेसका केही मध्येबाट अलिकति मात्र पुलिङ्ग र धेरै स्त्रीलिङ्गले चाहिँ एनजीओ मार्फत रमाउने राम्रै अवशर पाएका थिए भन्ने सम्म हल्ला सुनेको हो(विना आधारका उहिलेका हल्ला र अहिलेका हल्ला मिथ्या भ्रामक पनि हुन सक्छन्–भनाई नै छ सुनेको हल्ला प्रमाण लाग्दैन) ।
हरेक राजनीतिक दलसँग आस्था हैन अन्धविश्वासको भीड हुन्छ ,लाभको आशामा । यतिवेर लेबनानी–अमेरिकी दार्शनिक,लेखक,कवि र दृश्य कलाकार खलिल जिब्रानको चर्चित एउटा कथाको सम्झना हुन्छ –“एउटी माछा बेच्ने महिला गाऊँबाट शहरमा माछा बेच्न भनेर आइन र माछा बेचेर आफ्नो गाऊँ फर्कदै गर्दा एक्कासी बजारमा सानो छँदाकी एउटी मालिन नामकी साथी भेटेपछि –‘ल कति वर्षपछि भेट भएको छ,बरु भोली विहानै गाऊँ फर्कनु,आज राती म कहाँ नै बस्ने,धेरै कुराहरु गर्र्ने’ भनेर मालिनको अनुरोध भएपछि त्यो दिन उनी मालिनको घरमा बसिन् । मालिनको घर तुलफुल बगैचाले घेरिएको थियो । बल्ल बल्ल भेट भएकी पुरानो साथीको हेरविचार राम्रै गरिन । चन्द्रमा आकाशमा प्रकाश फैलाउदै थियो । बगैचामा गएर बेली चमेलिको फूल झोलाभरी टिपेर गाऊकी माछा बेच्ने पुरानो साथीको छेउमा राखिदिइन बास्नाले कोठा गम्कियो । तर आफ्नी गाऊकी पुरानो साथी सुत्न नसकेर कोल्टे फेरिरहेको देखिन मालिनले । ‘किन नसुतेकी है’ भनेर मालिनले सोधेपछि गाऊकी साथीले –‘माफ गर,यो सवै फूल यहाँबाट हटाईदेऊ । र मेरो माछाको टोकरीमा अलिकति पानी छर्केर मेरो छेउमा राखिदेउ है’ भनिन् । त्यसपछि मालिनले छक्क पर्दै भनिन् –‘हैन तिम्रो होस खुस्केको त छैन’ ? माछा बेच्ने साथीले भनिन् –‘म सद्धे नै छु,म त एउटै सुगन्धलाई जान्दछुः माछाहरुको । बाँकी त सबै दुर्गन्ध हुन मेरा लागि ।’
राजनीतिक दलका झोले हुन वा हाहु जमात हुन ती माछाको गन्धमात्र जानेका भीड नै हुन । लाभको दुर्गन्धलाई सुगन्ध ठान्न पाएकोमा मख्ख पर्ने ती भीड मालिकहरुले जे कुरा रटाए त्यही भाषामात्र बुझ्छन्,त्यही सुन्छन्,त्यही ठीक ठान्छन्,कानले बानी पारी सकेका छन् । उनीहरु लाभ, अनुशासनहिनता,सहकारी बैङ्कको दोहन,पर्यटन,केवलकार अनेक नाममा प्रकृतिक श्रोत साधनको रजगज,नीतिगत,कार्यक्रमगत चलखेलमा बानी परिसकेकाहरुलाई अव बाहिरको कुनै नैतिकता तथा सिद्धान्तको पाठले छुदैन । हो,विगतका परिस्थिति अनुशार सोच र कार्यनीति बदलिन सक्छन तर नैतिकता,सदाचार,सिद्धान्तको मूल मर्म,सदव्यवहार,चरित्र बदल्नु भनेको प्रभुत्वहीन मतदातालाई पाखण्डले भ्रममा पार्नु हो । जसले पक्षपातमात्र जानेको बुझेको छन र बुझाएका छन उनीहरुबाट निश्पक्षताको आशा गर्नु बेकार छ ,न त पक्षपातलाई नै उनीहरुकै हात र मनोस्थितिबाट लोकतन्त्र जस्तो पवित्र व्यवस्थाको आवरणमा हुर्किएको यही नक्कली व्यवस्था र नैराश्य अवस्था रहेसम्म खोस्न नै सकिन्छ । पवित्र सिद्धान्तलाई बाहिर आवरणमा ओढाएर भित्र नक्कली सिद्धान्त,कपट,पाखण्ड,भ्रष्टताको पक्षपोषण गर्ने घिटी घिटी भै सकेर हिक्क हिक्क गर्दै सिद्धिन लागेका यी सिद्धान्त र नैतिकता विचलन गरिसकेका अझै गरिरहेका राजनीतिक सङ्गठनका आवरणमा देखापरेका विषाणु,विषवृक्ष,विसङ्गत,विषोत्पादक,विरस,विरुप,विवर्ण,विशीर्ण,विवेक शून्य,विवस्त्र,विचेष्ट अस्तित्वहरु पो हुनकी जस्ता महसुश गरिन थालिसकेकाहरुलाई हिरन खुवाएर अव बचाउन सकिन्छ जस्तो लाग्दैन् भनेर विस्तारै प्रभुत्वबिहीन मतदाता बुझ्न थालेका छन् –“ध्यान दिनुहोस यी मान्छे(हामीलाई नेतृत्व गरिरहेकाहरु) तपाईको साथमा डराएर आएका छन्,तपाईलाई के बचाउँछन् यीनले जो स्वयं मरिसकेर आएका छन्”(वसीम वरेलवी,भारत) । तर पनि सुध्रिन्छन कि भन्ने आशाचाहिँ मरिसकेको छैन प्रभुत्वविहीन मतदाता जनतामा किनकी बहुसंख्यक जनताको हितमा हुने सार्थक स्वतन्त्रता जनतालाई प्यारो लाग्छ । जनताहरु मर्यादा,आचरण,अनुसाशनमा रहेर सोसलमेडीया मार्फत आफ्ना निराशाहरु पोख्छन् । राज्यले अराजक,देशद्रोही सामाजिक द्रोही खालका सोसलमेडीयाका विचारहरु रोक्नु पर्छ ,विधार्थी,बालबच्चाको हकमा साधनहरुको प्रयोगमा उमेरको बन्देज लगाउन वा सिमा कायम गर्न सक्छ । तर,देशद्रोही,समाज विरोधी तथा साम्प्रदायीकता भड्काउनेसँग र ब्याख्या जे जस्तो गरिएपनि प्राय सबैले आधुनिक समयमा भनिने गरिएको कथित षडयन्त्रपूर्ण सङ्गठनलाई सन्दर्भ गरिन उपयोग गरिने पर्दा सत्ता पछाडीको अदृष्य शक्ति,विश्वलाई नै नियन्त्रण गर्न सक्ने शक्ति–न्यूवल्र्ड अर्डर शक्ति तथा तीनका आधुनिक एजेण्ट तथा तीनका सङ्घ–सङ्गठन–अनुयायीहरुलाई दिइएको चर्चित नाम ‘इलूमिनाती’सँग हिमचिम बढाउने,चर्चामा आएको स्वदेशी एवं बाह्य ‘डीप स्टेट’ को योजनामा सरकार बनाउने ढाल्ने जुनसकै साशक तथा दलहरुले आफ्ना विकृतिपूर्ण कर्मको स्वस्थ,स्वच्छ,निष्पक्ष,आलोचना,समालोचना,सार्थक सुझाव गर्नेलाई दवाउने नियतमा कदम चाल्ने हो भने चाहिँ–“तपाई आफ्ना विरोधीहरुलाई मेट्न हटाउन सक्नु हुन्छ । तर,यदी अन्यायपूर्ण तरिकाबाट यस्तो गर्नु भयो भने त तपाईँ पनि हटाउन मेटिन योग्य पात्र बन्नु हुन्छ”(अर्नेष्ट हेमिङ्ग वे) तथा “जबसम्म ठूलो माछाले सानो माछालाई नीलीरहन्छ,तवसम्म प्रगतिशीलता जीवित रहन्छ”(इस्मत चुगताई,भारत) जस्ता सार्थक विचारहरुलाई मनन् गर्नु उपयुक्त हुनेछ ।
(तस्वीर सौजन्य ः फ्याउराहरु–गेट्टी इमेजेज आभार अल्टा आओस्थ्युइजेन,कगालाग्दी ट्रान्स फोर्ट पाकै,दक्षिण अफ्रिका । गिद्धहरु– गेट्टी इमेजेज आभार एलिजावेथ डव्लु कियरले,फार्ट डेसिटो पार्क,फ्लोरिडा,
अमेरिका । मार्फत गुगल ईन्टरनेट ०३ मार्च ई.सं.२०२५ नेपाली समय दिनको ३.०७–३.१४ सम्म) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *