नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन- सभापति शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहोल नभएको र राजतन्त्रबारे अहिले भइरहेका चर्चा हल्ला मात्र भएको बताए । “राजतन्त्र फर्किने कुनै माहोल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हो,” देउवाले भने । उनले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै असमझदारी र समस्या नरहेको उल्लेख गर्दै सरकार सहज ढंगले अघि बढिरहेको बताए।

पत्रकारहरूको जिज्ञासामा उनले वर्तमान सत्ता गठबन्धन आम निर्वाचन २०८४ सम्म कायम रहने बताए । सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि स्पष्ट पारे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *