गाजामा इजरायली हवाई आक्रमण हुँदा ९ जनाको मृत्यु

काठमाडौँ । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । हमास नेताहरूले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँग युद्धविराम वार्ता गरिरहेका बेला यो घटना भएको हो । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले युद्धविरामको बाबजुद इजरायली आक्रमणबाट मानिसहरू मारिने क्रम नरोकिएको बताएका छन् । जनवरी १९ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको प्यालेस्टिनीहरूको सङ्ख्या एक सय ५० जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

शुक्रवार हमासले युद्धको स्थायी अन्त्यका लागि युद्धविराम वार्ताको अर्को चरण सुरु गरेमा एक अमेरिकी-इजरायली दोहोरो नागरिकता भएका व्यक्तिलाई रिहा गर्न सहमत भएको बताएको थियो । तर यो प्रस्तावलाई इजरायलले ‘मनोवैज्ञानिक युद्ध’ भनेर खारेज गर्‍यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *