सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास हुँदैन- सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास नहुने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले केन्द्रमा मात्रै कर्मचारी बसालेर स्थानीय तहहरूमा विकास नहुने बताएका हुन् । उनले भने, ‘देशका एक तिहाइ भन्दा धेरै स्थानीय तहहरूमा कर्मचारी अभाव छ । तर सरकारले सिंहदरवारका बारदलीमा कर्मचारी थुपारेको छ ।’ उनले सबै जिल्लाका पालिकाको विकासका लागि योग्य कर्मचारी त्यहाँ पठाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *