आमा पियारि बसिकाख खेल्दा

आमा पियारी
बसि काख खेल्दा
बाबा पियारो
उठि साथ झेल्दा ।

तोते बोलि हात
समाई लिदाँ
यो घर स्वर्गै
तिमी हाँसि दिदाँ ।।।

आमाको चोलि
खोल्न आउँथ्यौ
काखमा न्याँनो
माया पाउँथ्यौ ।

ईष्ट र मित्र
कति खुसि भाका
पवित्र प्यारो
मन हेर्न आका ।

बाबाको खोजि
साँझ र बिहान
खल्तिको माया
मिठो त्यो मुस्कान ।

बामे सरेको
हिजो झै लाग्ग्यो
कलिलो ओेठले
डाकेर जाग्थ्यो ।

आमा झुत्रो भै
तिमी खुसि हुन्थ्यौ
एक्कैछिन आमा
नदेख्दा रुन्थ्यौ ।

लड्छौ र गुड्छौ
भन्ने डरमा
भाविको आशा
तिम्रै भरमा ।

तोते बोलिमा
मिठास थियो
घरको स्वभाव
बनाई दियो ।

बल्ल पो घर
जस्तो भएको
प्यारा भावमा
छनि मन गएको ।

निदान भयो
मनको घाउँ
खुसी भएथें
तिमी टेक्दा पाउँ ।

द्रबिलो मन
खुसि सिमाना
बल्ल मिलेझै
लाग्यो निशाना ।

गर्भको पीडा
दुख भुलाई
कलिलो हात
समाई डुलाई ।

नैराश्य घट्दै
उमङग बढेको
भुल्यौ नि आज
काँध चढेको ।

स्फुर्ति मेरो
कति बल थियो
दैवले आशा
पूरा गरि दियो ।

पग्लिन्थ्यो छाति
आडमा बस्थ्यौ
अङगालो बेर्न
घरभित्र पस्थ्यौ ।

कति मन खुसि
भएको मेरो
जितेझै लाग्थ्यो
यो सेरोफेरो ।

घुटुक पारी
दूध खान दिन्थें
खाएसि मात्र
मजान दिन्थे ।

आफु नखांदा
पनि अघाउने
तिम्रा मोहित
गाथा सघाउँने ।

मेरा केशमा
तिमिले समाउँदा
बिखुसि हुन्न
तिमी रमाउँदा ।

बढ्दै हुर्कदैं
जबानि फेर्दा
मन्द मुष्कान
मलाई हेर्दा ।

खाना र नाना
मैले तयारी
पार्दामा आमा
भए पियारी।

लुगा र जुत्ता
सधैं धुदांमा
म आँसु झार्थें
तिमी रुदामा ।

भुल्न नसक्ने
यादका पल
मेरो मायामा
थिएन छल ।

बिस्तारा भिज्दा
तिमी रोएको
सम्झन्छु अहिले
मिचि हात धोएको ।

भुल्न सक्थिन
तिम्रा बयान
बिरामि तिमी
चिसो मेरो नयन ।

लुटपुट गरि
छातिभित्र टास्दां
कति प्यारो तिमी
मुसुमुस हांस्दा ।।

फोहरको त्यो
पदबि धोएमा
दुईहात तान्थ्यौ
मैले छोएमा ।

कोक्रो हल्दाउँदा
तिमी रुन छोड्ने
पियारो आङमा
टांसिमाया जोड्ने।

रुन्थ्यौनि जोडले
चिसो आएर
गर्थ्यैनि आराम
तेते लाएर ।

पिर व्यथा मेरा
सबै फोएर
कति खुसि हुन्थे
च्यां च्यां रोएर ।

चर्किन्थ्यो छाति
तिमीलाई संझि
आशाको दियो
मन जान्थ्यो लम्कि।

पाखा र पर्वत
न्याउँलि कराको
तिम्रै मायाँमा
थिएं हराको ।

नाकका फुलि
तानि दिएको
भुल्यौनि माया
अमृत पिएको ।

थैलि खोतल्न
झम्टि तन्केनि
माया ममता
जतिम फन्केनि।

सुर्ता लिन्नथे
दुख दिएको
ओेतको छहारी
संझि लिएको ।

नबिर्स बाबु
आमा यो झुम्रि
देखि रहेछौ
लठ्ठी टेक्ने कुप्रि ।

बाबाको मुहार
हेर कस्तो भाछ
सुर्ता र चिन्ता
बढि मनले पा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *