पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक छैनन्- शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक नभएको टिप्पणी गरेका छन् ।

काँग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको बताउदै उनी राजा हुन लायकको नभएको बताएका छन् । सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई बोकेर राप्रपा पछुताउने बताएका छन् ।  

उनले भने -‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । अब राप्रपाले पनि दुःख पाउँछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *