माक्शवादी लोकतन्त्र भित्रकोे सामाजिक स्वतन्त्रता–२(हैप्पी वर्थडे घरवाली ! भन्न निम्नवर्ग स्वतन्त्र छन्)
(यस लेखको भाग–१ अर्को अङ्कमा प्रकाशित गरिनेछ) ।
बदलिदो परिस्थितिले समाजबाद, माक्शवाद सवैवादलाई जनपयोगी प्रविधिसँग आवद्ध गरेर अझ राम्रो विचारको वाद बन्न प्रेरणा गरेको छ । परिस्थितिसँग हिँडदा माक्शवादी विचारधाराले सवै तन्त्रहरुलाई उछिन्न सक्छ । वीपीले नेपाल सुहाउँदो प्रजातान्त्रिक समाजबादको परिकल्पना गर्नुभएको थियो । माक्शवाद बैज्ञानिकबाद हो भनिन्छ र गतिशिल रहन्छ । नविनतासँग प्रवाद गर्दै नविन विचार एवं सुधारको प्रवर्तक पनि भएकाले यो परिवर्तनशील हुन्छ । “पार्टीको इतिहासको समिक्षा गर्दै,सबै सदस्यले हृदय खोलेर विचार राख्दै,महान साँस्कृतिक क्रान्तिको बारेमा गलतिहरुलाइृ सिर्जना गर्ने मनोगत तत्वहरु तथा सामाजिक कारणहरुको वैज्ञानिक विश्लेषण,ह्वाको फङले पार्टीको केन्द्रीय समितिको तथा फौजी कमीशनको अध्यक्षाको पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्दै उहाँलाई पूनः केन्द्रीय समितिको उपाध्यक्षमा चुनेर अनि तङ्ग–देङ्ग श्याओपिङ्गलाई केसको फौजी कमीशनको अध्यक्ष निर्वाचित सहित चिनीया क्रान्तिका महान नेता र विचारका शिक्षक माओ त्से तुङ्गको ऐतिहासिक भूमिकाको यथार्थवादी मूल्याङ्कन गर्दै ई.सं.१९८१ जुन २७ देखि २९ सम्म बेजिङ्गमा आयोजना गरिएको चीनीया कम्यूनिस्ट पार्टीको एघारौँ केन्द्रीय समितिको छैठौँ पूर्ण अधिवेशनलाई–अनुभवहरुको निचोड निकाल्ने र अटूट एकता बढाउने ऐतिहासिक अधिवेशन” चीन सचित्र । सेप्टेम्बर ई.सं.१९८१) भनेर चिनीयाहरु भन्ने गर्छन ।
इतिहासको मूल्याङ्कन गर्दै जाँदा अध्यक्ष भएको नेता उपाध्यक्ष पनि त हुँदा रहेछन अनि विवादमा परेका नेता पनि फौजी अध्यक्ष पदमा स्वीकृत हुँदा रहेछन भन्ने चीनीया कम्यूनिस्ट पार्टीको एघारौँ केन्द्रीय समितिको छैठौँ पूर्ण अधिवेशनबाट सिक्न सकिने पाठ बदलिदो विश्व परिस्थिति,विकृति एवं विसङ्गतिलाई परहेज गर्दै सिद्धान्त र नैतिकताको धरातलको आधारमा अटुट एकताको लागि नेपालका हरेक दलले सिक्नु उपयुक्त हुन्छ ,जवकी नेपालमा त हरेक दलमा अन्र्तविरोधको नाममा पानी वारावार हुने,तीनको वपौति हो र आदि इत्यादी नै पलाक्ने गरिन्छ नरम हाड माशुका कोशीकाहरुले हैन बरु ढुङ्गाका हाड कोशिकाहरुले पो नेताहरुका शरीर बनेका छन कि जस्तो गरेर । “दिनभरी जुन राम्रो मान्छेको खोजी गरिहेकोमा साँझमा त्यही मान्छे ऐनामा मुस्कुराई रहेको पाएँ” भनेर भारतका गालिबले भन्नु भएझैँ हरेक सिद्धान्त,विचार,दलले आफैँभित्र उत्तम,सर्वोत्तमको खोजि गर्ने हो । आखिर वृक्षले केही नवोली शान्त भएर नै घाम,गर्मीमा शितलता प्रदान गर्छ ।
मसँग सामाजिक सञ्जालमा जोडिनु भएका ‘समाजवाद की समस्याएँ’ र ‘वाम राजनीति की समस्याएँ’ जस्ता पुस्तकका लेखक कोलकाता निवासी वरिष्ठ लेखक र स्तम्भकार अरुण माहेश्वरी सोसल मेडीया जनचौकमा १७ मार्च ई.सं.२०२० का दिन आफ्ना कितावको बारेमा लेख्नु हुन्छ–“मैले ‘एक देशमा समाजवाद’देखि लिएर कम्युनिस्ट पार्टिहरुको लगभग जोडिएको विगतका सार्वलौकिक साङ्गठनिक ढाँचालाई नाना प्रकारबाट विचारको विषय बनाइएको छ । यो यस समस्याको एउटा अहम राजनीतिक पक्ष हो । यो विचारहरुको व्यवहारिक सङ्कीर्ण पराकाष्टाको त्रासदीको पक्ष हो । कुनै पनि विषयको व्याख्याको सैद्धान्तिक स्वरूपको संरचना माथी यस प्रकारको भौतिक सङ्कुचनको प्रभावलाई आत्मनिरीक्षण गर्न तथा यसको सार्वलौकिक स्वरूपलाई निरुपण गर्नु पर्ने आवश्यक भएको छ । स्वतन्त्रताको पक्षमा हरेक वस्तुसँग व्यक्ति,व्यक्तिका बीचको सम्बन्धलाई कशरी निरुपण गर्छ,यसको यदी एउटा समग्र समझदारी विकशित गर्न सकेमा ‘ईश्वरको स्वैच्छिक सङ्कुचन’बाट उत्पन्न हुने वैचारिक समस्याहरुसँग सम्झौताको लागि एउटा सर्वकालिक संरचनात्मक बाटोलाई शायद तयार गर्न सकिन्छ ।”
आफुलाई सिग्मण्ड फ्रायडको चेला मान्नुु हने फ्रान्सीसी मनोवैज्ञानिक जक लकान आफ्नो मनोविश्लेषणात्मक सिद्धान्तको आधारमा धेरै कुराहरु भन्नु हुन्छ । स्वतन्त्रताको पक्षमा पनि । तर, स्वतन्त्रताको सिमा के हो ? मलाई खान पुगेको छ ,मैले हैपी मैरिज भन्ने मेरो मनको स्वतन्त्रता हो भन्न सकूँला । दिनभर मजदुरी गरेर बेलुका थकित भएर फर्कने गरीवले के हैप्पी भन्नु ,कहा पुग्छ उशको स्वतन्त्रता ? राजनीतिज्ञलाई पाल्न कर उठाउने तर रोजगारी सिर्जना गर्न नसक्नेहरु अव वेश्यावृतिलाई पेशा वनाउने भन्छन् । शोषक प्रवृतिले बहुसंख्यक जनताको खुशी हेर्न सक्दैन । उशको अराजक स्वतन्त्रातालाई बहुसंख्यक जनताको खुशीको लागि बन्देज लगाउनु पर्छ । पिछडिएका तल्लो वर्गकालागि काम,माम,दाम,आश्रय,शिक्षा उपचारको व्यवस्था नै स्वतन्त्रता हो । जति सुकै स्वतन्त्र भएपनि अन्याय तथा अन्धकारको खाल्डोको पक्षधर अर्थात “अन्यायको विरुद्ध जसले आवाज उठाउन सक्दैन,उ लेखक या कलाकार वन्न सक्दैन”(हरिशङ्कर परसाई,भारत) । जीवनलाई प्रकाशमय बनाउनेगरी कलम चाल्नेहरु आफु खुम्चिएको महसुश गर्छन भनेँपनि उनीहरु स्वतन्त्र हुन्छन् । “साहित्यको उदेश्य जीवनलाई उज्यालोतर्फ पो डोहो¥याउने हुनुपर्छ अन्धकारको खाल्डोतर्फ धकेल्ने हैन”(राणा सिंह,सेवा निवृत एसोसिएट प्रो,अंग्रेजी विभाग,पटना विश्वविधालय,भारत । सामाजिक सञ्जालको भित्ताबाट । २६ फरवरी ई.सं.२०२५) । आत्मालाई बन्धक बनाएर,आत्मालाई नाङ्गेझार पारेर,स्वभीमानलाई गुमाएर चाकरी,चुक्ली गर्दै खुशी प्राप्त गर्न सहज कहाँ हुन्छ र ? खुशीले यहाँ स्वतन्त्र हुन सक्दैन आत्मा बेचेर ।
राजनीतिज्ञले आत्मस्तुति,अरुको निन्दा,भ्रम तथा मिथ्या भाषण,नीतिगत भ्रष्टाचारका चाङ्ग,गरीवका छोराछोरीलाई अस्मिता बेच्न किन्न बाध्य पार्दै बेश्यावृतिमा लाएर रोजगार प्रदान गर्ने कार्यबाट मुक्त हुन खोज्दै(सिन्धुली निर्वाचन क्षेत्र नं.१ का कांग्रेसका दोश्रो संघीय निर्वाचनपछिका प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरे तथा एमालेका सञ्चार मन्त्री पृथ्वी सुव्वा राईले कानूनी मान्यता दिएर वेश्यावृति खुला गर्ने भन्नु भएको थियो) आफुलाई जेपनि गर्न भन्न स्वतन्त्र ठान्ने गल्ती नठानून् ! हाम्रा मन्त्रीका यस्ता सामाजिक विकृति पूर्ण कुरा सुन्दा भारतीय साहित्य लेखक डा.सङ्गमलाल त्रिपाठी ‘भँवर’ले लेख्नु भएको –“कोही मूर्ख छ यदि भने,त्यो देखि परै बस्नुहोस् । हरेक क्षण पीडा दिन्छ ,इज्जत चूर चूर पार्छ होसराख्नुस् ।।”भन्ने दोहाको मात्रै हैन यूपी गोरखपुरका साहित्य लेखक बालेन्द द्विवेदीको सत्ताको उन्माद,मानिसको जटिल प्रवृत्तिहरुलाई ऐना जस्तो छर्लङ्ग रुपमा प्रस्तुत गरिएको ‘बादशाह सलामत हाजिर होँ ’ उपन्यासको पनि सम्झना हुन्छ । “वासो न सङ्गःसह कैर्विधेयो–को को सँग बस्न र सङ्गत गर्नु हुँदैन ?,मुर्खैश्च नीचैश्च खलैश्च पापैः–मूर्ख,नीच,दुष्ट र पापीहरुका साथमा बस्नु हुँदैन”(स्वामीश्रीशङ्कराचार्य । प्रश्नोत्तरी ।।१७।। गीताप्रेस,गोरखपुर । प्रथम नेपाली संस्करण वि.सं.२०७६ । पृष्ठ १९) भनेर उहिले सन्तहरुले भनेको ठीकै रहेछ भन्ने लाग्छ । महिला–छोरी–चेली–बुहारीहरुको लागि पाकिस्तान दक्षिण एशियामा सवभन्दा सुरक्षित मानिन्छ । भारतमा भएका घटनाहरु सुन्दा पढ्दा महिलाको लागि भारत अहिले विश्वको अति असुक्षित मुलुक हुन थालेको हो कि भन्ने बहश हुन थालेको छ । महिलाको अपहरण र वेश्यावृतिमा जर्वजस्ती लगाउने गरिन्छ भन्ने कुरा त भारतीय चलचित्रका कथामा पनि समावेश गर्ने गरिन्छ–सिद्धान्तमा अडिग नेपालकी चर्चित बामपन्थी नेतृ गौरा प्रशाईका व्यथाहरु सुन्दा आँशु झर्छन । नेपालको तराई अहिले अपराधमा अग्रणी हुन थालेको छ । मन्त्रीहरुको सहज वेश्या पेशाको कानूनी मान्यताको अवधारणाले गर्दा छोरी चेली असुरक्षित हुने छन् । पहिरनमा ग्ल्यामर देखिएमा “पहिन तारू टाइट एतना लउकता खुल्ला । तहर दुन्नू रसगुल्ला..। हाय–हाय दुन्नू रसगुल्ला…!” जस्ता भारतको विहार यूपीमा गाइने छाडा गीत नेपालको तराई र त्यहाँको सिको गर्दै पहाड हिमाल बजार शैक्षिक संस्था सवैतिर खुलेआम गाउन शुरु हुनेछ । सवारी साधनको सिण्डिकेट व्यवस्थित गर्न नसक्ने गफाडी साशकहरुहरुले गाँजा लगायत अरु जटील अवस्थाको व्यवस्थापन गर्न सक्छन जस्तो लाग्दैन ।
ट्रम्पलाई करछलीको आरोप पहिलो राष्ट्रपतीय कालमा प्रतिद्वन्दी डेमोक्रेट्स उम्मेदवार हिलारी क्लिटनसँग चुनावि अभियानमा डिवेट हुँदा–“यदी मैले करछलेर कम्पनीको पैसा बचत गरे भन्ने लाग्छ सोच्नुहोस म कति स्मार्ट रहेछु” भनेर जवाफ दिनु भएको सन्दर्भमा अहिले दोश्रो कार्यकालको ३ महिनामा महामहिम ट्रम्प र उहाँको मन्त्री मस्कको व्यापारको ग्राफ रेखा ह्वात्तै बढेको छ । “पहिले भुक्तानी गरिन्छ,बिल दीईरहनु पर्दैन,बोलपत्र पछि पेश हुनेछ,अन्त्यमा बोलपत्र सूचना पाटिमा टाँसीने छ । यो नयाँ निर्वाचन प्रक्रिया हो,कृपया ! उपरोक्त क्रमलाई पालना गर्नुहोस्”(अरुण अवध,साहित्य लेख,भारत । चुनाव प्रक्रिया । सामाजिक सञ्जालको भित्ताबाट । १९ मार्च ई.सं.२०२५) जस्ता व्यङ्गहरु भारतीय चुनाव प्रणालीलाई लिएर साहित्य लेखकहरु गर्न थालेका छन् । जवसम्म यो खर्चिलो चुनाव प्रणाली र चुनावको लागि कर्पोरेट चन्दा हावि हुन्छ तवसम्म सार्वजनिक नीतिहरुपनि चन्दा दाताहरु कै हितमा तर्जुमा हुन्छन् ।सुधारका प्रयासहरु देखावटी तथा टालटुलेमात्र हुने प्रष्ट छ । “सबै नियम पूँजीपतिहरुको लागि बनाइएको हो र पूँजीपतिहरुलाई नै यी नियमहरु ब्यबहारमा काहाँ लागू गर्ने भन्ने अधिकार पनि दिएको हुन्छ । कुकुरलाई छालाको रक्षा गर्न जिम्मेवारी दीइएको छ”(स्व.मुन्सी प्रेमचन्द,साहित्य लेखक,भारत) भनेर अग्रजहरुले उहिले नै सबैलाई सचेत गराइसक्नु भएको रहेछ । भारतीय र तथा नेपालकालागि पूर्व कुटनीतिज्ञहरु खुल्ले आम भन्दछन हामीलाई नटेर्नेको हालत पतला हुन्छ । तर,त्यस तर्फ कुनै ध्यान छैन बरु रेडलाइट र गाँजाको चटारो छ नेपालमा ।
स्वतन्त्रताको अर्थ र सिमा नेताहरुलाई जे जे गर्न पनि छुट र अरुले चुपचाप अनुशरण गर्नुपर्छ भन्ने हैन । जेबी कृपलानी,राममनोहर लोहिया र जयप्रकाशनारायणलाई काँग्रेसमा भिक्र्याएर काँग्रेसलाई समाजबादी कार्यत्रम लागूगर्न सहज होस् नभए उहाँहरु सहितको अलग समाजबादी पार्टी खोलेर नेहरूको समाजबाद लागू गर्न नेहरुलाई सल्लाह दिने साथीहरु थिए भनेर भारतमा बहश चल्दै गर्दा बाम दल भित्र खास गरी एमाले भित्र र बीपीको समाजबादी दल भित्र कस्ता कस्ता मानिशहरु भित्रीय छर्लङ्ग नै छ । पद पाए सबै ठिक हुने र नपाए अरुको चुक्ली कुरा लाऊन आउने भनेर स्व.श्री ५ महेन्द्रले भन्नु हुन्थ्यो । बीपीले चिल्ला सुकीलाले पार्टी कव्जा गर्नसक्ने जोखिमको आँकलन गर्नु भएको तथा राजा र मेरो घाँटी जोडिएको छ,मदन भण्डारीले राजा सामन्ती नभएको तथा एमालेमा अभिजात्यहरुको उदय भएको सङ्केत गर्नु भएको,पूर्व राजाको पछाडी पनि नेपाली जनता छन–पूर्व राजा पनि एक शक्ति हो भनेर नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल भन्नु भएको एवं उक्त पार्टीका सर्वोच्च नेता तथा मोहन वैधले हिजो एक सामन्तबाद हटाउने भनेर आन्दोलन गरेको त आज अनेकौँ नव सामन्तबादीहरु संसदीय दलभित्र सिर्जना भएका छन यस्तो अवस्थामा राजाले देशभक्त तथा क्रान्तिकारी शक्तिको साथ दिन सक्नुपर्छ भन्नु भएको,पूर्व प्रम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाम्रा नीतिहरु दलाल पूँजीपती वर्गको अनुकूल भए,हामी राजा माहाराजा जस्ता देखिन थालेका छौँ भन्नु हुँदा माओले हामी राजा महाराजाजस्ता भएमा जनताले लखेटने छन् भभन्नु भएको र लेनिनले कम्यूनिष्टले तल्लो वर्गसीत गएर काम गर्न र केटाकेटी बामपन्थी नारा तथा बनावटी कुराबाट बच्नु पर्ने सल्लाह दिनु भएको समय धेरै व्यतित् भै सकेको छ । “नेपाली कम्युनिष्टहरुमा वर्गसङ्घर्ष छोडेर एउटा यस्तो ‘अभिजात वर्ग’ स्थापित भइसकेको छ जसका लागि माक्र्सवादको औचित्य समाप्त भइसक्यो”(डा.प्रमोद उपाध्याय भण्डारी,प्राज्ञ,मदन भण्डारी कलेज,काठमाडौँ । सामाजिक सञ्जालको भित्ताबाट । ०९ चैत वि.सं. २०८१) । भन्ने बुझाई मननयोग्य देखिन्छ । स्वतन्त्रताको परिभाषा रट्दै मन्त्रीहरु गाँजा तान्दै सुटुक्क जता जता गएपनि फरक पर्दैन । आफु त पीबी शेल्लीले भन्नु भए झैँ आफ्नै लागि बनेकी आफ्नी अर्धाङ्गीनीलाई मर्यादामा रहेर–आफ्नै घरमा बसेर आलिङ्गन गर्दै हैप्पी वेडिङ्ग–मैरिज एनिभर्सरी तथा हैप्पी वर्थडे हार्दिक शुभकामना भन्दछु । आखिर सबै स्वतन्त्र छन् ।