कर्मचारीलाई ठिक ठाउँमा ल्याउन जानेका छौँ: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताएका हुन्। उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रहसमेत गरे। उनले कर्मचारीहरुले कानुन र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनीसमेत दिए। उनले मर्यादा र अनुशासनभित्र बसेर काम गर्नसमेत सबैको ध्यानाकर्षण गराए।

उनले भने, ‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन। त्यो चाहिँ स्वच्छाचारी हुन्छ। यो व्याप्त छ अहिले। हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ। प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ। कर्मचारी साथीहरुलाई पनि हेर्छु म को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिष्पर्धा चलेको छ। यसले समाजलाई कँही पुर्‍याउँदैन। साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो।’

उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्तिल विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताए। अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *