गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्रले गर्नुपर्छ- मन्त्री खड्का
काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्ने प्रयास भइरहेको भन्दै यसको रक्षाका लागि पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले विभिन्न शक्तिहरूले गणतन्त्रलाई कमजोर पार्न खोजिरहेको र यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्रले निरन्तर अग्रसरता देखाउनुपर्ने बताए। “गणतन्त्रको रक्षा र जनतासम्म सही सूचना पुर्याउन पत्रकार मित्रहरू र रिपोर्टर्स क्लबको भूमिका महत्त्वपूर्ण छ,” मन्त्री खड्काले भने। उनले लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्लबले सहकार्य र समन्वयको भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे।
जनताको आवाजलाई उच्च तहसम्म पुर्याउन रिपोर्टर्स क्लबले गरेको योगदानको सराहना गर्दै मन्त्री खड्काले पत्रकारितामा देखिएका विकृतिहरूले समाजलाई सही दिशामा नलाने बताए।