समाजवादी मोर्चाको बैठक माओवादी केन्द्रिय कार्यालय पेरिसडाडाँमा जारी

काठमाडौँ । समाजवादी मोर्चा,नेपालको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय कार्यालय पेरिसडाडाँमा जारी रहेको छ ।

बैठकमा राजावादीहरुको सक्रियता र मोर्चाको आगामी रणनीतिको बारेमा छलफल गरिरहेको बताइएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपाका महेन्द्र राय यादवसहितका नेताहरु उपस्थित रहेका छन् ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *