लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

काठमाडौं । लक्ष्मी सनराइज बैंक २३ वर्ष सफलताका साथ पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष सफलताका साथ पार गरेको बैंक आजदेखि २४औँ वर्षमा प्रवेश गरेको हो । विसं २०५८ चैत्र ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले विसं २०५८ चैत्र १९ गतदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेको बैंकले लाखौं ग्राहकबाट निक्षेप संकलनको कार्य गर्दै आएको छ । बैंकको अध्यक्षमा रमण नेपाल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयविक्रम शाह कार्यरत छन् ।

डिजिटल बैंकिङलाई प्राथमकिताका साथ अघि बढाएको बैंकमा ५१.०५ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४८.९५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख बढी सक्रिय ग्राहक छन् । बैंकमा २ हजार ७ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गरिरहेको छ । विभिन्न ८ वटा संस्थामा लगानी रहेको यस बैंकका ३ वटा सहायक कम्पनी छन् । ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको ४ खर्ब १० अर्ब रुपैयाँको एसेट पुगेको छ । २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *