ईमान्दार बन नेता ।


ईमानदार छौ भने जनको जितेर मन लिनु
नेता हौ प्रखर भने सहजको बाटो देखाई दिनु ।
प्रहर छ एक सबलको झिमक्याउँदामा पनि
समयको पावन सम्झि राजनिती गर्थे मनि ।।

पैसा चाहिन्थ्यो भने म पनि गर्थे होला सलामी
केहि चाहिन्न अरु मलाई भए पुगोस् मलामी ।
महल छ भनेर पनिता निदाउने एक प्रहर
बलियो छु म भनेर के गर्नु पाइन्न पुरा रहर ।

जस्तो छ ई कर्मका खेलहरूले लेखि पठाई दिए
आफ्नो यो भाग्य मोहडा देखि कटाई लिए ।
सुन सान यो मनको मन्दिर मलाई दीयो
लिई जान्छन मृत्यु सैयामा राखि जलाई लियो ।

नेता हुनु त अटल होस रङगि बिरङगी नहोस
छावस सब जन मनको भाग्य मिलाई देओस् ।
खोर्सानी झै पिरो छ तिम्रो बोलि सुधार्नु अहिले
के गर्नु मिठास भनेर तिमीले गालि गलोज पहिले

मुखार वृन्दवाट जनको आवाज तिमीले भुल्यौ
तन्त्रै मात्र सिँगार्नु थियो भने आखिर किन डुल्यौ ।
तैरेर तैरीन्नन कहिल्यै पनि बिशाल हाम्रो मन
राज्य चलाउनु नै छ भने खुसि तुल्याउँ जन ।

बाचा गर जन प्रलयहरूको हासो तुल्याउँ देशमा
रङगि चङिग बनेर तटमा लुक्छौ किन त्यो भेषमा ।
सांसारिक वस्तु छन जनको भिखारी हुन्छौ किन
ईमानदारी जोगाई रहेमा पाइन्छ माया लिन ।

भोग तिर्खा निदान होस भने फाको एक भए पुग्दछ
झुत्रो सुकिलो ओडेरै पनि मुन्टो आखिर लुक्दछ ।
बोल्नुनै छ भने पनि त सोचेर हामि वोलौ
जगमगाउनुनै छ भने आवाज भित्री खोलौ ।

स्वच्छन्दतामा अडिग लिई नजर घुमाउँ पर
हिम्मत छ भने पहरा फोर्ने त बाचा गर ।
पारखि बन सधै भरी उच्च त्यो तिम्रो शिर
एक ढिको नून नहोसत कहिल्यै नपरोस पिर ।

डम्मै छ पैसाका बिटा भने आखिर के नै होला
भोक प्यास हुदैन तिमिमा तडपेर मनै रोला ।
सर्पले पनि डस्छ हेर ओराली झरेपछि
के नै लानु छर हामिले आखिरमा मरेपछि।
१०
निशाना लिन तटको सहि कलम चलाउँनु
कोशिस गर्दैनौ भने । ती हात पाउँ जलाउनु ।
कुरा गर्छौ ठूला बढा खेती योग्य जमिनका
बोलि ढाटी हिडछौ सधै नहुने त्यो नविनका ।

                      ११

भाउँ वेशा कति बढ्या सामन्तिले रोजि रोजि
सुत्ने छैन एक प्रहर किन्छ नेता खोजी खोजी ।
मनै हुत सर्वेसर्वा कसले मलाई के गर्छन
मर्नै पर्ने जन भए हेर्दै जाउ जेनै गर्छन ।
१२

के का लागि धर्म गर्छौ मन्दिर सधै धाई धाई
आफुलाई परे कपाल ठोक्छौ अरुलाई हाई हाइ ।
तिमी र जनमा भन त के को फरक छ यहाँ
उसको पनि त जन छन् होला पदियो जहाँ ।

                      १३

जोडन त जोड्यौ धन तिमीले पुस्तौ पुस्ताका लागि
अजम्बरी होइनौ सधै त जान्छौ अपमान जागि ।
देशघाती बनि रहु खुसि मात्र नै समाउँला
एक पेट भर्छौ हामि झुप्रो महलमै रमाउँला ।

                        १४

बाझोभो खेतबारी पहाडमा गाउँ सबैले छोडे
बाबु आमालाई एक्लै बनाई बाँकिले शहर रोजे ।
दुख र सुखका ति समाजहरुले आसु बहदै गयो
स्वतन्त्रता परिवर्तनले जिवन यो सक्षम भयो ।
१५
कहिल्यै नबोल्ल्नु जाति बनेर मुखवाट चिप्ला कुरा
स्वार्थि बनेर हिड्छौ नेता बाचा गरहै पूरा ।
भन्छौ देशै म हाँक्ने जसरी गालि गलौज अरुलाई
झुठा आश्वासन नदेउँ अव त वुझने ई जनहरुलाई ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *