काव्यकथाको नायक रोजाइमा ‘राजा’ तथा ‘सहकारी बा’हरु पो पर्नु भयो !

देश समाजका हरेक तप्काबाट खवरदारी गर्दा साशनले बाटो विराएको भए सच्चिन्छ भनेर भन्ने गरिन्छ । जागिर खानुभन्दा पहिले राजनीति पढीयो र जागिरे भएपछि राजनीति भोगीयो । फेरि आन्दोलन–प्रतिरोध सलवलाउन थालेकाले देशमा राजनीतिक एकता स्थिरता खलवलाउन शुरुवात भएको हो कि भन्ने आभाश भएको छ ,राजनीतिक एकता भाडिएपछि देशको अखण्डतामा पनि आँच आउने हुन्छ । “सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन,सुते भनि सम्झिएका सुरुसुरु हिँड्छन्,मरे भनी फ्याँकिएका जुरुजुरु हिँड्छन्,हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ,एक जुगमा एक दिन एकचोटी आउँछ”( गोपालप्रसाद रिमाल । आमाको सपना । साझा प्रकाशन । छैटौँ संस्करण वि.सं.२०५६ । पृष्ट४९) । यदी विदशी शक्तिको भरमा देशमा आन्दोलन गरेमा पछि त्यही शक्ति राष्ट्र र राष्ट्रियतामाथी हावि हुन्छ भन्ने वीपीको एउटै दूरदर्शी अडान थियो । मदनभण्डारीले राष्ट्रवादी तथा प्रजातन्त्रवादी र मोहन विक्रम सिंहले देशभक्त एवं जनतान्त्रिक शक्तिहरु भनेर भन्ने गर्नु भएको थियो । स्व.श्री ५ महेन्द्रले वीपी र पुष्पलालबाट राजनीति सिकेकाले न विराउनु न डराउनु भन्नु हुन्थयो भनेर पुराना पिढीका अग्रजहरु भन्ने गर्नु हुन्छ अहिलेपनि । अवकाश कर्मचारीको कलमलाई अनुसाशनको सिमामा वद्ध गरिएर केही गन्थन गर्न खोज्दा सरोकारवाला मानिशहरुलाई मन नपर्न सक्छ भन्ने मनमा लाग्छ–“मानिसहरु कहिलेकाही सत्यकुरा सुन्न चाहदैनन्,किनकि उनीहरु आफ्नो भ्रम निर्मूलहोस् भन्ने नै चाहदैनन्”(फ्रेडरिक नित्शे,जर्मन दार्शनिक) । “जव मानिसले आफ्नो दृढता र विरोधी भावना छोडदिन्छ तव यस देशमा कुनै दिन,कुनै घण्टा,कुनै क्षण जुनसुकै बेला तानाशाही प्रवेश गर्न सक्छ”(वाल्ट ह्वाइटम्यान,अमेरिका) । माथिका सबै कुरा सम्झिएर अनि “शब्द विचारलाई धेरै राम्रो तरिकाले व्यक्त गर्दैन,त्यो सधैँ व्यक्त भएपछि थोरै अलग,थोरै विकृत,थोरै मुर्खतापूर्ण हुन्छ”(हर्मन कार्ल हेसे ,जर्मन–स्विस कवि तथा उपन्यासकार एवं चित्रकार) जस्ता विचार बुझ्दा बुझ्दै पनि “म संक्षिप्त बोल्ने कोसिश गर्छु,र अस्पष्ट हुन जान्छ”(बाल्टसार ग्रेसियन,स्पेनीस दार्शनिक,साहित्य लेखक,जेसुइट पुजारी) भन्ने मेरो मनले पनि गुनेर हो कि मैले सबै कुरा समेटन कोसिश गर्दा सायद यो काव्यकथा पनि लगभग १५ सय शव्दको भएछ । तापनि,मलाई जे सजाय गरेछन वा कालै सूचिमा राखेछन भनेपनि तटस्थ हुन नसकि न्याय र सत्यको पक्षधरता कायम गर्दै २ वटा खवरदारी काव्यवकथाका गन्थन प्रस्तुत गरेको छु –
(१) ओखर त मानिसले आफैँ फुटाउनु पर्छ–छोडाउनु पर्छ–“ईश्वरले ओखर दिनुहुन्छ तर फुटाएर हैन”(फ्रेन्ज काफ्का,जर्मनी) भन्ने भनाई कति सार्थक छ । सहकारीको कथापनि त्यस्तै ओखर जस्तो हो,फुटाउदा वा छोडाउदा भित्रको गुदी धुलो पिठो नहोस भनेर ख्याल गर्नुपर्छ । सहकारीमा मात्र हैन वीत्तीय लगायत हरेक क्षेत्रमा अराजकता छ । “अत्याचार भन्दा अराजकता अझ खराव हुन्छ”(जोन एफ.केनेडी,३५औँ अमेरिकी राष्ट्रपति) ।


भारतीय सामाजिक सञ्जालका मित्रहरुले एउटा कथा सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो । कथामा छोराले स्नातक गरेपछि बाबुले ५० बर्ष भन्दा पहिले किनेको पुरानो भक्शवेगन बीटल कार उपहारमा दिनलाग्दा एकपटक डिलरकहाँ लगेर कतिमा किन्ने रहेछन बुझेर आउन छोरालाई अराउने काम गरेछन् । पुरानो प्रयोग गरिसकेको कारलाई नेरु ३२०० दिन सकिन्छ भनेर डिलरले भनको कुरा छोराले सुनाएपछि पिताले फेरि बन्धक राख्ने कहाँ गएर सोध्न आज्ञा गरेछन् । धेरै पुरानो भएकाले नेरु १६००० दिन सकिन्छ भनेर बन्धक राख्नेले भनेपछि पिताले फेरि एकपटक क्लासिक कार कल्वमा लगेर देखाउन छोरालाई खटाएछन् । छोरो गएर फर्केपछि पुरानो कार धेरै दुर्लभ भएकाले कल्वका सदस्यहरुमा धेरै माग छ ,कतिले त १६ देखि ३२ लाख नेरु सम्म पर्छ भने भन्दै बाबुलाई सुनाएपछि –“सही स्थानमा नै तिम्रो कदर हुन्छ भन्ने कुरा बुझ्नु । यदी कशैले तिम्रो कदर गरेन भने निराश नभै आफु गलत ठाउँमा आएछु भन्ने ठान्नु । तिम्रो सही मूल्य तिमिलाई महत्व दिनेले नै बुझेका हुन्छन् । कहिलेपनि त्यहाँ नरहनु जहाँ तिम्रो कदर हुन्न” भनेर पिताले मुस्कुराउदै भनेका कुरा सम्झदा आज उल्टै यो छोराले पो सम्झाउँछ सहकारी बा लाई गलत स्थानमा हैन सही स्थानमा जानुपर्ने कुरा ।
(१क) ‘नेपाली सहकारी बा ! सञ्चै ?’ बा ! हामीले हजुरको दिवस मनायौँ बा को नाममा भोज पनि खायौँ,खुवायौँ पनि
अहा ! कस्ता राम्रा कुरा सुनेका,भन्दै थिए सहकारी बा को भरण पोषण हामीले जति राम्रो कसैले गर्दैन खनखाँचो;अड्को पड्को;गाह्रोसाङ्ग्रो पर्दा तल्लो वर्ग माथि उठ्छ कि भनेर हिजो जन्मिनु भएको थियौ अचेल त गजव हुनु भएछ अति सजिलै ऋण दिनु भयो सहकारी बा नवउदारवादको खम्बा सहजै बन्नु भयो रामरेड,दामरेड,कामरेड,हामरेड को फोनमा,त्यो पनि नजिकैको टोले कत्रो पावर त्यस्ताको पनि तल्लो वर्गलाईपनि बन्धक राख्न तयार तल्लो वर्गपनि धितो हुन तयार एक करोडको जग्गा मूल्याङ्कन दश तल देखि माथिसम्मका घाँटीमा हुन लाग्यो खसखस कुरा सहजै मिलेपनि टोलवस्तीमा हुन थाल्यो खासखुस
ऋण पाउन भन्दा खर्च गर्न झन गाह्रो अलिकति सेकुवा खुवाएँ मुख हेर्न थाले वियर चखाएँ । केही परे हामी छौँ,कुरा बुझेँ,मुन्द्रे,झ्याप्लको पनि जिव्रो चलमलाएँ छरछिमेकीलाई पुजा,पुराणमा नचाएँ,खास्टो पण्डितबाट ओढाएँ जग्गा दलालीमा लगानी गरेँ,नेताको छोराको बर्थ डेमा लैपटप दिएँ साथीहरु पत्रिका,मेडीया के के खोलौँ भन्थे,मैले श्रीमती कै जिम्मा दिएँ घरमा श्रीमती पनि मख्ख जोगवनी,सिलगढी,गौरी फण्टा,रुपडीया,सीतामाढी,सोनवर्षा खै कता कता सिल्क सारी,पाकिस्तानी शैलीका कुर्ता
टिकटक चाहियो रे,बन्द गर्नु हुन्न रे छोरालाई रैलीको लागिचाहिँ मोटर साइकल,गर्लफ्रेण्डलाई चाहियो कार श्रीमतीको टिकटक त भै हाल्यो व्यापक प्रशार यसो साईनबोर्ड झुण्डाएर देखाएँ सहकारीको व्यापार फोन माथिबाट भयो,सूचना र चिठ्ठी चलान नगर है यार हाम्रै पार्टीको छ नी सरकार मस्त गरौँ है यार हे सहकारी बा आई लाइक यू साथीहरु पत्रिका,मेडीया के के खोलौँ भन्थे,मैले श्रीमती कै जिम्मा दिएँ घरमा श्रीमती पनि मख्ख जोगवनी,सिलगढी,गौरी फण्टा,रुपडीया,सीतामाढी,सोनवर्षा खै कता कता सिल्क सारी,पाकिस्तानी शैलीका कुर्ता टिकटक चाहियो रे,बन्द गर्नु हुन्न रे छोरालाई रैलीको लागिचाहिँ मोटर साइकल,गर्लफ्रेण्डलाई चाहियो कार श्रीमतीको टिकटक त भै हाल्यो व्यापक प्रशार यसो साईनबोर्ड झुण्डाएर देखाएँ सहकारीको व्यापार फोन माथिबाट भयो,सूचना र चिठ्ठी चलान नगर है यार हाम्रै पार्टीको छ नी सरकार मस्त गरौँ है यार
हे सहकारी बा आई लाइक यू ऋण माफ गर्नु है आन्दोलन नत्र भाँच्छौँ रेलिङ्ग बार । वास्तविक सहकारी पीडीतको मर्म कशले सुन्ला,देखावटी सुनुवाईको हुन्छ र भर ? भारतीय मित्र लेख्नुहुन्छ राख्दै सरोकार–“छत आवश्यक हुन्छ,तर यस्तो नहोस कि सम्पूर्ण आकाश नै कतै लुप्त हुन जाओस”(ध्रुव गुप्त,पूर्व आईपीएस,साहित्य लेखक,भारत । सामाजिक सञ्जालको भित्ताबाट । २८ मार्च ई.सं.२०२५) । यो कुरा बुझ्न सके सहकारीका समश्याबाट लाग्न सकिन्छ पार । हिजो मनपरि भएको थाहा पाएर पनि टुलुटुलु हेर्दै आफुले पनि फायदा लिदैँ आज देखावटी रुपमाचाहिँ नियमन मापदण्ड बनाएर के झार्न खोजेको सर ? (२) अनेरास्ववियू एकताको पाँचौका संस्थापक तथा प्रचम अध्यक्ष एवं नेकपा एमालेका नेता,सचेत नेपाली नागरिक र चिनको लागि नेपालका पूर्व राजदूत टङ्क कार्किले–“राजावादी आन्दोलनको अन्तर्य र ध्येयका बारेमा बीबीसी नेपाली ुन्युजले सोधेको जिज्ञासामा पुर्व राजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकले बताएका छन् ः ! –‘यही व्यवस्था र प्रणालीभित्रबाटै पूर्व राजाको अभिव्यक्तिको उद्देश्य सम्भव हुने । सबै मिलेर देश बनाउन मलाई पनि साथ देऊ भनेको त हो । त्यसको निम्ति म अझैँ त्याग गर्न तयार छु पनि भनेकै छ ,वक्तव्यमा आन्दोलन गरौँ,देश बिगारौँ,गणतन्त्र फालौँ त भनेको छैन नि । सरकारले (पूर्व राजालाई) ल हामीलाई सहयोग गर्नुस्,सर्वदलीय सर्वपक्षीय संयन्त्र कसरी बनाउने,तपाईँको अनुभव हामीसँग शेअर गरिदिनुस् भने पो देश बनाउन सबै एक ठाउँमा आउने अवस्था बन्छ । यही व्यवस्था र प्रणालीभित्रबाटै राष्ट्रको सामुहिक हितमा उपयोग गर्न त किन न हुने र ? पुर्व राष्ट्रपति,पुर्व प्रधानमन्त्रीहरुको क्लव बनाउन पनि सकिदो हो । अन्यत्र पनि त्यस किसिमको कुनै न कुनै रुपको अभ्यास भएका छन् । चिनियाँ क्रान्ति पछि चीनले पुर्व सम्राट फुयीलाई उपयोगमा ल्याएको सन्दर्भ पनि स्मरणीय छ । हाम्रो व्यवस्था अनुदार त कहाँ हो र ?’ भन्ने विचार वि.सं.२०८१ चैत २१ गते आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको थियो । “कतिपय मानिसको महानता उनीहरुको शत्रुले नै बनाएका हुन्छन् । तपाईको विरोधी सही बाटोमा छ भने तपाई आफु गलत बाटोमा हिडन हुन्न”(बाल्टसार ग्रेसियन,स्पेनीस दार्शनिक,साहित्य लेखक,जेसुइट पुजारी) ।
“लोकतन्त्रको गिरावट(मन्दी)उग्र–दक्षिणपन्थी पार्टी सत्तामा आउँदा होइन,कुनै मध्यपन्थी पार्टीले जब जनताको लोकतन्त्रप्रतिको विश्वास(आशा,अपेक्षा) तोड्छ,तब सुरु हुन्छ । नवउदारवाद लोकतान्त्रिक विश्वास(अपेक्षा)लाई पूर्ण रूपमा नष्ट गर्न सक्षम(अति प्रभावकारी) छ  । र,जब विश्वास(आशा,अपेक्षा) मर्छ दक्षिणपन्थी चरमपन्थ राजनीतिमा बन्न पुग्यो,त्यो रिक्त स्थानमा छिर्छ  । नवउदारवादले अर्को शव्दमा भन्नु पर्दा यसरी फासीवाद र दासत्वतर्फको बाटो निर्माण गर्छ”(जर्ज मन्बियोट,स्तम्भकार,२०२५ । हाउ हैज फासिज्म इन बि«टेन गट दिश फार ? निवोलिबरलिज्म हैज ओपेन्ड द डोर फर इट–बेलायतमा नवउदारवादले निम्त्याइरहेको फासीवाद । द गार्डियन २८ मार्च ई.सं.२०२५–नेपालीमा अनुबाद नयाँ पत्रिका दैनिक ३० मार्च–१७ चैत वि.सं.२०८१)


(२क) ‘एउटै देश थुप्रै राजा अनगिन्ती दरवारहरु !’परिभाषा खोज्दै छु लोक,गण,राजाप्रजा,गणतन्त्र–जनताको र नेताको
तन्त्र कुनै छैन थाहा मलाई जनताले पनि त्यस्तै भन्छन् यी शब्दहरु नेपालको राजनीतिको शब्दकोषमा वहिष्कार छैनननै बहिष्कृत थिए कि ? भएपनि गन्थन कोर्नेले निजिविचार राख्दा उच्चारण गर्छन नै उनको व्यक्तिगत निजि विचार हो राख्न पाउनु शव्दहरु लोकतन्त्रको मूल्य मान्यता होला नि त खवरदारी विरोध गर्न लोकतन्त्रमा दिनु पर्ला नी त अरु पक्ष पनि त शक्तिको रुपमा होलान नि त झारेर खान सक्छु भन्ने आँट लिएका आशावादी पनि त होलान नि त ? जसजसले विरोध गर्छ उसले जिम्मा लिन्छ उनीहरुको विचारलाई बन्देज लाग्न सक्छ । के थाहा बन्देज लगाएकाहरु जाग्न सक्छन,भाग्नपनि सक्छन भै रहेकाहरु अनुमतिहरुसँग मिल्न पनि सक्छन साशन सर्वोच्च हुन्छ ,नियन्त्रण राख्न खोज्छ राजधानी काठमाण्डौँ मात्रै हैन,भैँसेपाटी–सातै प्रदेशका मुख्यालय पनि हुन राजाहरु थपाइएका भन्दथे,मारिए मरे पनि भन्दै थिए ठिकै छ राजतन्त्र पो छैन राजाहरु छ छन नी “देखिने ‘राजावादी’ भन्दा नदेखिने ‘राजावादी’ खतरनाक हुन्छन् गणतन्त्रको बर्को ओडिहिँड्ने ‘राजावादी’ अझ धेरै खतरनाक हुन्छन् दिनमा गणतन्त्रवादी, रातमा ‘राजावादी’ हुनेहरू झन् खतरनाक हुन्छन् गणतन्त्रको तालाचाबी बोकिहिँड्ने ‘राजावादीहरू’ सर्वाधिक खतरनाक हुन्छन्”(खेम थपलीया,वामपन्थी नेता,प्रगतिवादी बुद्धिजिवि,लेखक–समालोचक । सामाजिक सञ्जालको भित्ताबाट । १६ चैत वि.सं.२०८१) ।
नव राजाहरुको आपसमा टस्सल,पुराना र नयाँ राजाको हुँदैछ रस्साकस्सी उहाँहरु जनताको लागि आदेश जारी गर्नुहुन्छ
कैले कुन दरवारवाट,कैले कुन राजधानीबाट राजा नभएपनि दरवार थुप्रै खडा छन् चप्पल थिएन हिजो अहिले पार्टी अफिशको वैठकमा कार राख्ने स्थान हुन्न राजधानी र दरवारका राजाहरुपनि बेला बखत फेरिन्छन बिक्छन नभन्नुहोस,राजाहरु गठबन्धनले समन्वय गर्छन नभए देश,जनसेवाको लागि विचारका विलय भन्नुस न अध्यारो मुख लाएर बार्दलीमा नभए मध्यरातमा सहमति,मौन सहमति हैन भन्ने राजाहरुको अधिकार छ ,निजि विचार हो उहाँहरुको भाषा फरक होलान,बोल्न दिनुपर्छ देश जनलाई स्वीकार नभएपनि नयाँ राजाका युवराजहरु पनि देखिएका छन्

नवराजाका युवराजहरु आ–आफ्ना दरवारलाई खुशिपार्न चर्को बोल्न थालेका छन् लोकतन्त्रका राजा पो हुन त,देशको होस वा नागरिकताको बेच्न अस्मिता सक्छन .
या व्यक्तिगत नाफा नोक्शानको हिसावमा स्वभिमान बन्धक राख्न छुट छ जनतालाई यशो नगर है भनेर खवरदारी गर्न छुट हुनुपर्छ राजाको चासो जसले राख्छ उशलाई सम्झाईदिनु कि हाम्रा मतले राजतन्त्र नभएपनि राजाहरु सिर्जना गर्नसक्छ कति शक्तिशाली मतदाता परेवा,काग भँगेरा मिलेर नै चरेका देखिन्छ बारीमा खेतमाराजतन्त्रका राजा र गणतन्त्रका जनताको मतले उत्पन्न राजा मिलेर साशनमा चर्न खोजेका हुन त ? “प्रश्नहरु जति बृद्धि भै रहेका छन्,जवाफ त्यति नै घटी रहेका छन
होशमा पनि एउटा पुरा देश बेहोश भएको छ”(सर्वेश्वरदयाल सक्सेना,भारत) । देखेको नलेखे,नबोले मरेसरह नै हुन्छु भन्ने सोचेर
आफ्नो निजिविचार राख्न सक्छन तटस्थ नभएर न्यायको पक्षमा,विकृति विसङ्गतीको विरुद्धको राजनीतिक सङ्घर्षको पक्षमा
यस्ता गन्थन पोख्नेहरुले ।
(छविचित्र सौजन्यः (क)सहकारी पीडीतको शान्तिबाटीका रत्नपार्कमा आन्दोलन एटनेपालीपैसा–एनपीएल एक्शबाट,०६ सेप्टेम्बर ई.सं.२०२४ । (ख) चेसको राजा गोट्टी जोर्डन लिय–गेट्टी इमेजेजमबाट । ५ अप्रिल ई.सं.२०२५ मार्फत गुगल इन्टरनेट नेपाली समय दिनको १२.०४–१२.३४ सम्म (ग) सूर्यविनायक–३ को एक बारिमा आपसमा मिलेर चरिरहेका परेवा र काग लेखक स्वयंबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *