सबै फूलून गुँरास जस्तै नयाँ वर्षमा

भारतको मालवाका राजा विक्रमादित्यको पालादेखि चैत्र शुक्लपक्षबाट शुरुहुने विक्रम सम्बत नयाँ वर्षमा हामी नेपालीले ओ माई डियर हैप्पी न्यू इयर नै भन्नैपर्छ भन्ने छैन,न त मनाऔ नयाँ वर्ष रमेर भन्दै बियरको बोतल समाउनै पर्छ भन्ने पनि छैन । गुराँस फुलेको छ–पर्यटकीय स्थलको यात्रा गर्नु,आआफ्ना धर्मसम्बद्ध स्थलहरुमा परिवार सहित जानु,प्राथना गर्नु । हिन्दुहरुले संस्कृतमा पनि अनेक शुभकामना दिनयोग्य श्लोकहरुको स्मरण गर्दै,ती श्लोकहरुलाई कर्मकाण्डी रुपमा हैन बरु विज्ञानका अस्तित्वसँग तुलना गर्दै “धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विधा सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।(मनु.६।९२) । “अलसस्य कुतो विधा अविधस्य कुतो धनम् । अधनस्य कुतो मित्रममित्रस्य कुतः सुखम् ।।”,“ॐ शान्तिः शान्तिः !!”,शान्तिः“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत ।।” जस्ता अनेकौँ नीति बचनबाट पनि शुभकामना प्रदान गर्न सकिन्छ । भारतका प्रसिद्ध शायर स्व.राहत इन्दोरीको–“मैने कुछ पानी बचा रखा था अपनी आँख मेँ । एक समन्दर अपने सूखे होँठ लेकर आ गया ।।” भन्ने पंक्ति पढदा मेरो मनले पनि विक्रम संवत नयाँ बर्ष २०८२ मा खै केही छैन दुखेका घाउँहरुमा मलम लगाउँन तथापी सबैलाई बुझ्न सहज एक संक्षिप्त मन्त्र भन्छु कि यदी कसैले बसन्त ल्याउँछु भन्छन भने ल्याउन नरोक्नु,बसन्त आफैँ आउछु भन्छ भने त पाव्लो नेरुदाले भने झैँ तिमि वसन्तलाई रोक्नै सक्दैनौ–रोक्ने दुस्साहस झन पटक्कै नगर्नु भन्ने ठानेर देहायका गन्थनहरु माथिको सुत्रको विस्तारि रुप भएकाले यीनलाई पनि शुभकामनाको रुपमा नै प्रस्तुत गरेको छु ।
“मलाई थाहा छ तपाईँ थाक्नु भयो,तर,आउनुहोस् यही नै उपाय हो”(रुमी) । केही हुँदैन नयाँ वर्षमा थाहा छ ,तैपनि कृही हुन्छ कि भन्ने आशा छ । नयाँ बर्षमा लोकतन्त्रले नयाँ परिभाषा खोज्न पनि सक्छ ! म पनि नयाँ परिभाषा खोज्दै छु–“जसलाई तपाई खोजीरहनु भएको छ उसैले तपाईलाई खोजि रहेको छ”(रुमी) सम्झेर । विश्वमा टैरिफवार चलिरहेको छ । चुनावबाट जितेका दलहरु समाजमा घृणा फैलाउन आतुर देखिएका छन् । भारतमा भाजपाका चप्पल लाउन नसक्ने नेताहरु अहिले राजनीतिमा लागेर सभ्रान्त भएछन भनेर सोसल मिडीयामा विचारहरु छरपष्ट भएको पाइन्छ । चुनावमा नामाङ्कन गर्दा मन्त्रीको सम्पत्ती हरेक साल बढेको भनेर भारतीय अखवार लेख्छन् । नेपालमा नेका नेता दुर्गा सुवेदीले त उहिले नै चप्पल लाउने नेताहरुका राजधानीमा महल कसरी ठडीए भनेर प्रश्न गर्नु भएको थियो । अर्थात चुनावी लोकतन्त्रमा राजनीतिमा लाग्नु भनेको के स्वतःप्रारब्ध कर्म हो जसको फल पाइन्छ नै भन्ने एकिन हुन्छ ? अमेरिकी राष्ट्रपति र रुजवेल्टले उहिले भन्नु भएको थियो–“असत्य झुठा मान्छेहरुको सबभन्दा ठूलो हतियार भनेको नै मानिसको विश्वास र भरोसा जित्नु हो” । आखिर चुनावी नौटङ्कीले जितेका अधिकांश नेताहरुको केही बर्षको चलखेलमा किन उही समान चरित्र देखापर्छ भन्ने जिज्ञासाले जनतामा विद्रोहको भावना अङ्कुरित गर्न थालेको छ ।


विश्वमा लोकतन्त्रको खेला हेर्दा लोकतन्त्र दुई खेमामा बाडिएको आभाष हुन्छ । धर्मलाई समेत स्थान अनुसार आत्मसात गरेर तल्लो बर्गको हित गर्ने आधुनिक समाजबादी प्रजातन्त्र सहितको देशभक्त, राष्ट्रबादी पूँजिपति समेतलाई समेटेर तल्लो वर्गको हितमा समर्पित सोसलिष्ट प्रजातन्त्रको एक रुप र चुनाव हुनुपर्छ,मतदाता पैसा खाएर भोट हालुन कि रक्सी खाएर वा धर्मको उन्मादमा डिजे डिस्को नाचेर होस वा ‘हिन्दुत्व पप’(शब्द भारतीय पत्रकार तथा लेखक कुणल पुरोहितबाट) सम्मेलन बैठकको तामझाममा नर्तकीलाई नेताको मुखनेर पुगेर कम्मर लच्काउन लगाएर होस् केही मतलव हुन्न–सिद्धान्त नैतिकता,मूल्य मान्यता त सिर्फ दस्तावेजमा हुने विषय हुन बरु जस्तो सुकै व्यक्ति होस वा जो होस चुनाव जितेर आए त भै हाल्यो नी भन्ने एक खाले प्रजातन्त्र जसलाई बस्तुतः औलामा गन्न सकिने धनिमानी सभ्रान्तको लोकतान्त्रिक आवरणमा अल्पतन्त्र हो भन्दा अतिसयुक्त नहोला कि । हरेक कुरा दक्षिणकै छिमेकिबाट अनुशरण गर्ने,लागु नै गर्ने गरेकाले रासन,शासन,योगासन,धर्माशन सवै उता कै भएको सन्दर्भमा “प्रजातन्त्रमा आलोचना गर्न आवश्यक हुन्छ” भन्नु हुने सम्माननीय मोदीज्यूको अनुशरण गरेर नेपालमा अहिले लोकतन्त्रको अलोकतान्त्रिक विचलनप्रति खवरदारी गर्न पाइन्छ है मोदीज्यूले भन्नु भएको भनेर पनि जोखिम मोल्नुपर्छ–झमेला तथा समस्यामा पर्ने सम्भावना हुन्छ–भारतका हाँस्य कलाकार कुणाल कामरालाई जस्तै देशद्रोहीको आरोप लाग्न सक्छ ।,अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीले “आफ्नो मुख बन्द राख्न सकेमा माछापनि समस्याबाट बच्न सक्छ ”भन्नु भएझैँ गरेर मुख बन्द राख्नु र टुलुटुलु हेर्नु नै अहिलेको लोकतन्त्रमा उचित हुन्छ ,आखिर प्रभुत्वहिन मतदाता त हुन । धर्म संस्कारको मर्यादा विपरितैँ मार्यादा पूर्षोत्तम श्रीरामको शोभायात्राको नाममा मस्जीदमा चढेर होच्याउँदै पहेलो झण्डा फहराएर अरु धर्मलाई गाली गर्दा पनि हुन्छ ,धर्मको नाममा जन्मीने कट्टरपन्थले आफुलाई पूँजिसँग साटेपटि जे आउँछ भोग्नै पर्छ । भूमिसुधार झट्टहेर्दा बामपन्थी कार्यक्रम जस्तो लागेपनि यो ‘पूँजीवादी कार्यक्रम’ भनेर स्वयं माओले नै दस्तावेजमा बिचार दिनु भएको थियो भन्ने चर्चा गरिन्छ । हमाश याशेर अराफतको पीएलओलाई तहसनहस पार्न ठूला देशले इजरायल मार्फत खोल्न लगाएको इतिहास छ भनेर त बहशमा विचार दिने गरिएको पाइन्छ । एक्कासी इजरायलमा आक्रमण हमाशले किन गरेको ? अनि हमाशका नेताहरु युद्ध भएपछि करोडपति भएका थिए भनेर चर्चा हल्ला गरिएको सुनिएको नै हो,हुन त हल्ला मिथ्या,भ्रामक,अफवाहपूर्ण पनि हुनसक्छ, कहिलेकाहिँ सत्य पनि भैदिन्छ । हेर्दा देशभक्ति,देशको लागि लडेको तर धार्मिक पूँजिबादको सतहमा नदेखिने कुनै भित्री गतिलो खेल नभएको होला र ! जिज्ञाशा सतहले नदेखाएपनि व्यवहारले उत्पन्न गर्छ र धर्म त आवरणमात्र हुन जान्छ कालान्तरमा जब बुझिन्छ ढिलो भै सकेको हुन्छ । पत्रिका पढ्दा सहि समाचार हेर्न साप्ताहिक पत्रिका पढने गर्छु । दुख गरेर अहिलेसम्म प्रकाशित गरिरहेका छन् । खासगरी युवाहरुमा अहिले मोवाइलका लत बसेको छ । सोसल मेडीयाले बस्तुस्थितिको विश्लेषण गर्ने युवाहरुको क्षमतामा ह्राष ल्याएको छ । सोसीयोप्याथिक शब्द प्रचलित भएको छ । सत्य हो कि “अन्याय गर्नेहरुबाट न्याय निसाफको आशा गर्नु मुर्खता हो,आफ्नो व्यवहार परिवर्तन गर्न नसक्ने व्यक्रिलाई तपाईँ परिवर्तन गर्न सक्नु हुन्न,शब्दहरुले असत्य बोलेपनि कर्महरुले सधैँ सत्य नै भनिरहेका हुन्छन्”(एच.जीं वेल्स,बेलायत) जस्ता विचारहरु मनन गरेर राजनीतिमा लाग्दा माक्र्शबाद सहित अहिलेको ट्रम्पबाद,पुटिनवाद मोदीवाद सबै पढनुपर्छ । राजनीतिको नाममा कुनै दलको अन्धो भक्त भएर प्रतिरोध,प्रतिशोध गर्दा बहुपक्षीय विश्लेषण गर्न सिक्नुपर्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने उदेश्य लिनुपर्छ भन्नु भएको छ । तर,सूर्य नै छोएपनि फरक पर्दैन मात्र कुरा यो हुनुपर्छ कि भूईँलाई चाहिँ बिर्सनु हुन्न । खासगरी युवाहरुले र अझ रोजगारका आकांक्षी युवाहरुले । अधिवक्ता युवा छँदै चाडै न्यायधीस बन्न आतुर हुन्छन् । त्यसको लागि अनैतिक पथमा हिडनपनि तयार हुन्छन् । न्यायधीस भएर आफ्नै कोठामा थुपारेको नोटमा आगलागि भएको भारतीय घटना सम्झेर स्वतन्त्र,स्वच्छ,न्यायपालिक नै प्रजातन्त्रको गहना हो भन्ने व्यवहारमा देखाएर नाम कमाउनु । जागीर नपाएको झोक हुन सक्छ या रोजेको जागीर नहुन सक्छ । जे छ अर्को विकल्प नभएसम्म चित्त बुझाउनु पर्छ । विवाह समयमा गर्नु,भरिसक्य आफ्नो काम आफैँले गर्नु । पढाईमा कम अङ्क आयो भन्दैमा त्यसले जागीर र उधममा फरक पार्दैन । पहिलेका पिढीहरुको प्रथम त के द्वितीय श्रेणी पनि महान मानिन्थ्यो । एसएलसीमा तेश्रो श्रेणी ल्याएकाहरु उच्च व्यक्तित्व भएका छन् । लोक सेवा तयारी,वा संस्थानको तयारी सँगसँगै सीप पनि जानी राख्नुपर्छ,जागीर भएनभने जिवीका चलाउन काम लाग्छ । राम्रो सीप भए सरकारी जागीर नखादा नै हुन्छ,सरकारी जागीर खाएपछि त भएका दक्षता,सीप सवै गुम्छ भनेर पनि व्यङ्ग गरिन्छ । सरकारी जागिर भएमा आफन्त साथी भाईको आशा बढन जाने भएकाले मानसिक रुपले तयार भै रहनुपर्छ ,अवकाशपछि आउने सामाजिक,परिवारिक,सामुदायिक समस्याहरुसँग जुध्न तयार हुनुपर्छ । टे«ड यूनियनसँग हिमचिम नभएका वा कुनै सोर्सफोर्स नभएका कर्मचारीले क ख वर्गका कार्यालयमा सरुवा पाउन मुस्किल हुने हुन्छ भ्रष्टाचारले ग्रस्त राजनीति तथा साशन भएको देशमा तसर्थ सरुवा पीडित वा इमान्दार कर्मचारीले जेनातेना गुजारा(अनेष्ट मेन्टेनेन्स) गर्नुपर्दा आर्थिक समस्याबाट पार नपाउने भएकाले घाटीहेरी हाड निल्नेगरी खर्च गरेर वचत पनि गर्नुपर्ने हुन्छ । इमान्दार सरकारी जागीरेका सन्ततीले अभिभावकको अवकाशपछि जिवन शुन्यबाट शुरुगर्नुपर्छ । सार्वजनिक निकायले क ख ग घ कार्यालयका श्रेणी विभाजन गर्दा देखि नै इमान्दार कर्मचारीले घ श्रेणीमा काम गरेपनि क मा काम गरेको भनेर भन्दा केही नवोली चुप लागेर बसेका धेरै कर्मचारीहरु छन् नेपालमा भन्ने हल्ला चर्चा सुनिने गरिन्छ । श्रीमान,श्रीमती जागीरेलाई यथासम्भव एकै जिल्लामा पठाउने विधि देखावटीमात्र हो,त्यसर्थ कतिपय ईमान्दार वा कुनै पावर नभएकाले बरु नखाने जागीर भनेर श्रीमान र श्रीमतिमध्ये एकजनाले मात्र जागीरमा लागेको उदाहरण पनि छ ।

युवाहरुले अस्लिल तथा अनाबश्यक तडक भडक पहिरनपनि नलाउँदा बेश । राजनीति गर्नेहरुलाई त प्रथम जननिर्वाचित प्रम वीपीले जनताले जस्तो लाएका छन त्यस्तै लाएर सभा कार्यक्रममा जान भन्नु हुन्थ्यो । कांग्रेस नेता शङ्कर शर्मा–रामहरी जोशी–ढुण्डीराज शास्त्री–जगन्नाथ आचार्य–योगप्रसाद उपाध्याय,माओवादी नेता सीपी गजुरेल,बामपन्थी नेता लोकेन्द्र विष्ट,लेखनाथ न्यौपाने,पशुपति चौलागाई,पञ्चायती कालमा गाउगाउँमा जादा गाउँलेको पहिरन लाएर जानु हुन्थ्यो भन्ने सुनिएको हो । हुन त विकशित देश,अल्पविकशित देश,अफ्रिकन देश परिस्थिति,संस्कृति,जीवनशैली फरक पर्छ तथापि लवाई खुवाइमा सरलता सबै ठाउँमा फिट हुन्छ । नेपालमा मन्त्रीहरु मीना खडका,कमला पन्त,भरतमोहन अधिकारी,प्रधानमन्त्रीहरु मनमोहन अधिकारी,सुशिल कोईराला,कृष्णप्रसाद एवं बाबुराम भट्टराई भएका प्रधानमन्त्रीमध्ये अति साधारण पहिरन लाउनु हुन्थ्यो । भारतमा यो मामिलामा लालबहादुर शास्त्री र चन्द्रशेखरको नाम आउँछ ।
एकपटक भिडियो मैगजिनको लागि वरिष्ठ पत्रकारले प्रम भएको बखत चन्द्र शेखरलाई हिम्मतको साथ ‘देशका नेता विना कपाल कोररेर,विना इस्त्री लाएको कुर्था लाएर जुनसुकै ठाउँमा घुमिरहेको देखिनु ठीक हो र ?’ भनेर भनेछन । अरु कुनै प्रम भएको भए त प्रश्न सोध्नेसाथ कोठाबाट बाहिर निकालि दिन्थे होला तर प्रम चन्द्रशेखरले मुसुक्क हाँसेर ‘कडा शब्द बोलेर तपाईँ महान पत्रकार बन्न सक्नुहुन्न’ भन्ने जवाफ दिनु भएछ । चन्द्र शेखरको सम्बन्धमा उपरोक्त व्यहोरा बीबीसीसँग जोडिनु भएका वरिष्ठ पत्रकार रेहान फजलले बताउनु भएको भनेर भारतका वरिष्ठ आलोचनात्मक लेखक पङ्कज चर्तुवेदीले आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो । नयाँ बर्षले “किमुत्तमं–सबभन्दा उत्तम के हो ? सच्चरित यदस्ति–जुन उत्तम आचरण हो”(श्रीशङ्कराचार्य । प्रश्नोत्तरी–मणिरत्नमाला । गीताप्रेस,गोरखपुर,भारत । नेपाली संस्करण,वि.सं.२०७६ । पृष्ट २२) जस्ता ज्ञान संसदीय राजनीतिमा लागेका राजनीतिज्ञहरुलाई र अरु बाँकी सबै नेपालीलाई आईलागेको स्थिति अनूररुप सर्वरुपमयी देवी,सर्व स्वरुप खाशगरी एकादश रुद्रको रुपमा जाग्न जनताहरुलाई शक्ति प्रदान गरोस् ! मङ्गलमय शुभकामना !
(छविचित्र र्साजन्यः विक्रमादित्यको भारतीय प्राडा.अङ्कित जयसवालको सामाजिक सञ्जालको भित्तावाट ३० मार्च ई.सं.२०२५ । तीनजुरे मिल्के जलजले एरिया वन्डर्स अफ नेपाल डटकम–आयुस सम्मोहनबाट ।। ६ अक्टुवर,ई.सं.२०१९ गुगल इन्टरनेट अधोभार १२ अप्रिल २०२५,नेपाली समय ५.५७ साँझ) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *