सुजन बाग श्रेष्ठले तेस्रोपटक छेडे जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-स्थीत बोडेमा मङ्गलवार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

बिस्काः जात्राको अवसरमा मनाइने यस विशेष जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेका छन् ।श्रेष्ठ थरका स्थानीय पुरुषले मात्र सहभागी हुने परम्पराअनुसार सुजनले जात्रालाई निरन्तरता दिएका हुन् । उनी नौ पटकसम्म जिब्रो छेडिसकेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सम्म चार पटक र पछि २०७३ देखि पुनः यो परम्परा निभाउँदै आएका थिए । तेलमा डुबाइराखिएको करिब ११ इन्च लामो सुइरोले पाँचो गणेश मन्दिरको प्राङ्गणमा सुजनको जिब्रो छेडिएको हो । यसअघि उनले निराहार व्रत बसेर शक्तिपीठको दर्शन गरेका थिए । जिब्रो छेडेपछि चन्द्राकार महाद्वीप बोकेर टोल-टोल घुमाउने परम्परा रहेको छ ।

किंवदन्ती अनुसार, प्राचीनकालमा तान्त्रिक भीमदत्तले बोडेमा दुःख दिने पिशाचलाई पासोमा पारी जिब्रो छेडी महाद्वीप बोकेर घुमाएपछि यो जात्रा सुरु भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *