आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले उक्त सहकारीलाई २०८१ साल चैत २७ गते निर्णय गरेको जनाएको छ । सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *