आईपीएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । पञ्जावको घरेलु मैदानमा हुने यो खेल नेपाली समयअनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाब किंग्स ७ खेलमा १० अङ्कसहित तेश्रो स्थानमा छ भने ७ खेलमा आठ अङ्कसहित बेङ्गलुरु पाचौँ स्थानमा छ । त्यसैगरी आजको अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । विशाखापटनममा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा मुम्बई सात खेलमा छ अङ्कसहित सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा खेल्दा पुछारमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *