एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे

काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् । गत फागुनमा नै बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

फागुन मसान्तमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दोस्रो कार्यकाल पुरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले ९ वैशाखमा ८ वर्ष पुरा हुने र २ कार्यकालको अधिकतम अवधि पुरा हुने भएकोले बैंकले फागुन मसान्तमा नै दोस्रो कार्यकाल सकिएको भए पनि ९ वैशासम्म ४० दिनको लागि केसीलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । मंगलबारबाट उक्त जिम्मेवारी पुरा गरेका केसी बिदा भएसँगै घिमिरे नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा आएका हुन् । बुधबारबाट घिमिरेले प्रमुख कार्यकारी अधिकृत र सुदेश उपाध्याय वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *