रौतहटमा महिन्द्राको नयाँ सेवा केन्द्र

काठमाण्डौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुप (बालाजु अटो वर्क्स) ले रौतहटमा नयाँ २ एस सर्भिस सेन्टरको उद्घाटन गरेको छ। आफ्ना क्षेत्रीय सेवाग्राहीलाई थप सहज र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले उक्त सेवा केन्द्र स्थापना गरेको हो। उद्घाटन समारोह बुधबार गरिमा मोटर्सको वर्कसप परिसरमा आयोजित भएको थियो। कार्यक्रममा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका अटो डिभिजन सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ र गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीलगायत महिन्द्राका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै सर्भिस हेड श्रेष्ठले महिन्द्राको सेवा विस्तारले क्षेत्रीय सेवाग्राहीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे। उनले भने, हामीले दक्ष प्राविधिक र अत्याधुनिक उपकरणमार्फत सेवा केन्द्र सञ्चालनमा ल्याएका छौं। यसले ग्राहकलाई समयमै, नजिकै र विश्वसनीय सेवा सुनिश्चित गर्नेछ। रौतहटसहित आसपासका जिल्लामा महिन्द्राका गाडी स्वामित्व लिने ग्राहकको संख्या बढ्दै गएकाले सेवा विस्तार अपरिहार्य बनेको कम्पनीले जनाएको छ। कम्पनीले २ एस सर्भिस सेन्टरमार्फत सर्भिस तथा स्पेयर पार्ट्स सुविधा प्रदान गर्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *