बाबा छिट्टै फर्कि आउनुस् घर ।
आउँनुस् बाबा अब छिटै फर्कि घर
पराइको हुन्न त्यहाँ बाबालाई भर ।
हजुरबिना हाम्रो पनि अरुनैको छ र
आउनुस बाबा अब छिट्टै फर्कि घर ।१
हाम्रा लागि दशै तिहार रमाईलो हैन
राम्रो लाउँने मिठो खाने परिकार छैन ।
कमाइको सिमा हुन्न हाँसि खेलि बसौ
मुग्लानमा सुख हुन्न नेपालमै बसौ ।२
बाबा तिम्रो सम्झनामा आमा सधै रुने
बाबा बिना हाम्रो मन धेरै दुःख हुने ।
गाई बाख्रा बस्तुपालि रमाइ खाउँला
बस्नुपर्छ बाबा यहिँ कमाई लाउँला ।३
बाबा बस्ने परदेश सधै हामि चिन्ता
हजुरलाई साथदिने आमा छदै छिन त।
गाउँघर बजारमा दायाँवायाँ जोडी
छिट्टै बाबा आएपछि नजानोस् छोडी ।४
पढाइमा अब्बल हुने हाम्रो ठूलो धोको
कुनाबसि देख्नुपर्यो आमा सधै रोको ।
राम्रो लाउँ मिठोखाउँ हाम्रो ईच्छा हुन्छ
आमालाई सम्झाउँदा हाम्रै मन रुन्छ ।५
पोहोर पनि दशै गयो बाबा फिरेनौ
साहुसङ्ग काट्या ऋण तिम्ले तिरेनौ ।
सुखदुख बुझ्ने भैयो आफ्नो घर व्यथा
भने थाहा हुन्छ नत्र कस्लाई के थाहा ।६
आफ्ना भन्नु कोहि छैन सबै पर भयौ
निर्मोहि भै रुवाएर किन छोडी गयौ ।
बाबाबिना हाम्रो मन रुन्छ धर धर
हाम्रोमायाँ सम्झि बाबा आउँनुस् घर ।