साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा रोकिएको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइताबार ३१४ स्टकको ८९ हजार १६१ पटकको कारोबारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। आज सबैभन्दा धेरै बढ्नेमा लगानी सेक्टर छ भने घट्नेमा फाइनान्स । बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।

भूगोल इनर्जीको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानिमा माइ हाइड्रोपावरको ७.१९, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत मूल्य बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *