पाकिस्तानी सेनाको टोली आगमनले संसदमा बहस
काठमाडां । नेपालमा पाकिस्तानी सेनाको ११ सदस्यीय टोलीको आगमनले संसदमा बहस निम्त्याएको छ।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभाको बैठकमा सरकारसँग स्पष्टीकरण माग गरेका छन्। पाकिस्तानी सेनाको टोली ४ मेमा कतार एयरवेजको फ्लाइट नम्बर ६४६ मार्फत नेपाल आइपुगेको हो । यो टोली ऐयर क्याडर सराज मन्सुर अन्सारीको नेतृत्वमा आएको हो।
सांसद सिंहले भारत र पाकिस्तानबीच हालैको पहलगाम घटनाले सम्बन्धमा चिसोपन आएको बेलामा यस्तो भ्रमण गरिनु उपयुक्त नभएको भन्दै आलोचना गरे। उनले सरकारको परराष्ट्र नीति सन्तुलित नरहेको भन्दै प्रश्न उठाए, नेपाल सरकारले यस्तो समयमा के सन्देश दिन खोजेको हो? के हामी कसैको पक्ष लिन मिल्छ ?
सिंहले नेपालजस्तो साना देशले छिमेकीहरूसँग सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै यस्तो कदमले नेपालको कूटनीतिक अवस्थालाई असर गर्न सक्ने चेतावनी दिए।